Breaking

संसदीय छानबिन समिति गठनमा कांग्रेसले अडान नछाड्ने


काठमाडौँ— नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनमा आफ्नो अडान कायम राख्ने भएको छ ।

पार्टीका शीर्ष नेताको बैठकले आफ्नो अडान यथावत् राख्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी गराए ।

कांग्रेसले विहान बालुवाटारमा भएको बैठकमा गृहमन्त्री रवि लामिछानेमाथि नै छानबिन हुने गरी संसदीय समिति बनाउनुपर्ने अडान राखेको थियो । सत्ता पक्षले भने गोर्खा मिडिया प्रालिको नाम लेखेपछि रवि लामिछानेको नाम नराख्ने प्रस्ताव गरेको थियो ।

बालुवाटार बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, राष्ट्रिय सभाका दलका नेता कृष्णप्रसाद सिटौला, कार्यदल सदस्य समेत रहेका सहमहामन्त्री परियार र नेता ज्ञानेन्द्रबहादुर कार्की बालुवाटार जाने भएका छन् ।