Breaking

निर्णायक मोडमा प्रचण्ड, ओली–रवि छोड्न सकस, कसरी फकाउलान् रिसाएका देउवा ?



सत्ता सहयात्री र प्रतिपक्ष नै आफ्नो मागबाट टसमस नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् । जसले संसदको गतिरोध अझ गिजोलिँदा पेलेरै जाने एमाले नीतिले कांग्रेस अझ आक्रोशित छ भने प्रधानमन्त्रीकै सक्रियता बेकामे बनेको छ । यसबीचमा विपक्षी बजेट केन्द्रित भएर सडकमै उत्रिदा प्रचण्डले यसलाई हल गर्ने आधार के हो ? चासो बढेको हो ।

आइतबार बिहान बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा रनघन थियो । कांग्रेस प्रतिपक्षमा पुगेपछि सुनसान भएको यहाँको दृश्यले उथलपुथल नै गर्ने गरी केही कांग्रेस नेताहरुले प्रचार नै गर्न भ्याए । नहोस् पनि किन घेराबन्दी भयो भने लात्ती हान्ने बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यहा आँउदै थिए । एकातर्फ बजेट ल्याउने मिति नजिकिनु अर्कातर्फ संसदमा कांग्रेसले जारी राखेको अवरोधको निकास खोज्न अरुले नसक्नुले उनलाई बुढानीलकण्ड पु¥यायो । हुन पनि एमालेले भने झै सधैँ पेलेर संसद चलाउनुपर्ने अवस्था सोभनीय हुने पनि छैन भने प्रतिपक्षीलाई पेलेरै सत्ता चलाउन सहज पनि छैन ।

जहाँ बीचको कुरा गर्ने र लचकता देखाउने प्रचण्डले बाहिर कांग्रेस गलिसकेको हल्ला आउनुलाई देउवा फकाउने उचित आधारसमेत ठाने शायद । तर देउवा र उनीबीच आइतबार बिहान झण्डै एक घण्टा भएको छलफल निचोडविहीन बन्यो । भेटमा प्रधानमन्त्री प्रचण्डले सहकारी समस्या समाधान र संसद्को गतिरोध अन्त्य गर्ने विकल्पबारे सोच्न कांग्रेसलाई आग्रह गरिरहे भने देउवाले विकल्प दिन भनिरहे । प्रचण्डले सहकारी समस्या समाधान गर्न गोरखा मिडिया नेटवर्कको नाम उल्लेख गरेपछि व्यक्तिको नाम राखिरहन आवश्यक नभएको बताएका थिए । तर, प्रधानमन्त्रीको उक्त प्रस्तावलाई कांग्रेसले अस्वीकार गर्यो ।


यता बाहिर हल्ला पनि कांग्रेस गलिसकेको भन्ने छ । समिति बनिसके पनि कार्यदलले समितिको काम कर्तव्य र अधिरकार तय गरिसकेको छैन । जहाँ एमाले रविको नाम किन चाहियो भनिरहेको छ भने कांग्रेस सहकारीको नामसम्ममा लचक भएको हल्ला थियो । यता संसदमा पेलिरहेको सत्ता गठबन्धनले बजेटका लागि अध्यादेशसम्मकै बाटो लिनसक्ने हल्लाले समेत कांग्रेस नरम भएको तर्क गरियो । त्यो भन्दा महत्वपूर्ण कुरा त प्रचण्डकै कारण समिति बन्दा उनीसँगैको भेटले काम कर्तव्य र अधिकारमा समेत सहमति बन्ने आशंकाहरु गरिए । त्यसपछि बसेको संसद बैठकमा कांग्रेस विगत झै आक्रामक समेत भएन । यसलाई संयोग मात्र मान्न नसकिने विश्लेषणकैबीच एमालेले उत्तजेक अभिव्यक्ति दिएको छ । जसले अहिले कांग्रेसले देखाएको नरमपना प्रचण्ड फकाउने रणनीति भएको प्रष्ट भएको छ ।

जसका लागि कसैलाई नबोकी सत्तामा पुग्न नसकिने बाध्यतालेसमेत काम गरेको देखिँदा प्रचण्ड चेपिएकोसमेत छर्लङ भएको हो । उनले फकाउन चाहेको प्रतिपक्ष कि त सभामुख कि त एमालेकै कारण भड्किने गरेको अर्को उदाहरण आइतबारको घटना बन्दा कांग्रेस बटमलाइनबाट नहट्नेसमेत पक्का भएको छ । पेलेरै जाने रणनीतिले केही समय चले पनि कि एमाले रास्वपा फकाउने कि आफैँले समीकरण बदल्नु पर्ने बाध्यतामा प्रचण्ड फस्न थालेका हुन् । त्यस्तै बजेटलाई अध्यादेशबाट ल्याएर तत्कालको आर्थिक प्रबन्ध भए पनि राजनीतिक सङ्कट अझ गहिरिने डरले समेत कांग्रेसले चाहेको माग पूरा गर्नु पर्ने बाध्यतामा उनी छन् ।

हुन त रविमाथि छानविन नहुने तर रास्वपा सरकारमा रहिरहने ग्यारेन्टी बने यसको समस्या समाधान हुनेछ । त्यसैका लागि प्रचण्डले रवि फकाए पनि बरु उनी राजीनामै दिने भनेर धम्काउदै आएका छन् । यता एमाले अध्यक्ष केपी शर्मा ओली पनि आखिर प्रचण्ड नै पेलानमा पर्ने न हुन भन्दै गम्भीर नदेखिँदा कांग्रेस जेठ १५ कै बटमलाइनमा वारपार गर्ने मुडमा छ । यसले बजेटले नै यो सरकारको भविष्य तय गर्ने सम्भावना बढ्दा ओलीकै अडानले ओलीलाई नै छोड्नुपर्ने बाध्यतामा प्रचण्ड नपर्लान् भन्न सकिँदैन ।