Breaking

न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर


काठमाडौं । न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्न आदेश गरेको हो ।

अब उनलाई सजाय निर्धारणका लागि २८ जेठमा फेरि अर्को सुनुवाई हुनेछ । जिल्ला अदालत कपिलबस्तुमा कार्यरत न्यायाधीश गिरी निलम्बित अवस्थामा रहेका उनी हाल थुनामा छन् ।