Breaking

रवि–कांग्रेसको भिडन्तमा तानिदै राष्ट्रपति ! महाअभियोगको डर हो ? प्रचण्डको सत्ता बजेटमा अड्कियो (भिडियोसहित)


काठमाडौँ— संसदको गाठो समाधान भन्दा कस्सिनेतर्फ उन्मुख हुँदा शितलनिवास चेपुवामा पर्ने सम्भावना बढेको गएको छ । एकातर्फ देशको प्रमुख र अर्कातर्फ पेलानमा परेको आफ्नो पार्टि दुवैलाई सन्तुलन राख्न राष्ट्रपति रामचन्द्र पौडेललाई सकस देखिदाँ सादगी छवी दागी हुने डर समेत छ । जहाँ सभामुख चलाउने कांग्रेसको धम्कीले समेत अर्को डर थप्दा संसदको लडाईको तारोमा शिलतनिवास पदैैछ ।

बजेट ल्याउने दिन नजिकिएसंगै निर्णायक मोडमा पुग्नुपर्ने कांग्रेसको वाध्यता र यहि वेला गलाउने सत्ता गबन्धन रणनितिले संसदको गाठो फुक्न सकेको छैन । जसले कांग्रेसलाई मात्रै चिन्ता थपेको छैन बरु त्यहि पृष्ठभूमीबाट राष्ट्रपति बनेका रामचन्द्र पौडेल पनि पिरोलिरहेका छन् । उनकै कारण यो बीचमा कांग्रेसले एकदिन संसद चल्न दिदाँ सरकारको निति तथा कार्यक्रम पेश भएपनि धन्यवाद प्रस्ताव समेत बलजफती रुपमा पेलेर होहल्लामै पास गरिएको थियो ।

रामचन्द्र आफुलाई राष्ट्रपति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्कालिन समयमा गरेको सहयोगले समेत द्रवीभूत छन् । यसैलाई कांग्रेस फकाउने अश्त्र बनाएका प्रचण्डले त राष्ट्रपति शीतल निवासनै पुगेर भेट गरिसकेका छन् । भेटमा राष्ट्रपति पौडेलले संसद्को गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको जानकारी दिएका थिए । यसले भोलीका दिन अध्यादेशबाटै बजेट ल्याउदाँ समेत प्रतिकूल अवस्थामा नबन्ने वातावरण बन्नेमा प्रचण्ड आशावादी देखिदाँ शितलनिवासको छटपटि समेत प्रतिम्बितित बनेको छ । त्यसपछिका दिनमा पनि संसद छल्न सरकारले अध्यादेश ल्याउने र आफूमा त्यसमा छाप हान्ने रवरस्टाम्प मात्रै बन्ने दिन आए के होला ? प्रश्न यो पनि छ ।

यता राष्ट्रपतिलाई भने अध्यादेशबाट बजेट ल्याउने सत्तारुढ दलको विकल्प भारी पर्ने खतरा छ । राष्ट्रपतिभन्दा माथि उठे दाग लाग्ने र पास गराए पार्टिबाटै दवाव आउने दोहोरो मारमा पर्ने अर्को चिन्ता उनमा देखिन्छ । जहाँ प्रतिपक्ष अर्थात कांग्रेसले विगतमा राष्ट्रपतीले नागरिकता विधेयक विचारधीन राखेको नजिरले पौडेललाई नपेल्ला भन्न सकिदैन । त्यस्तै पेलेरै जाने सत्तारुढ दललाई सबक सिकाउन भन्दै सभामुखमाथि महाअभियोगको धम्की नै कांग्रेस नेताहरुले दिईसकेको छन् । जुन सत्यतातर्फ अघि बढे सत्तारुढको तारो आफू बन्ने अर्को चिन्तामा समेत राष्ट्रपति पौडेल देखिन्छन् । जुन महाअभियोग पास हुने अवस्था नरहे पनि पहिलो महाअभियोग खाएको दाग उनमा पनि लाग्ने छ । फलत ः सत्ता र प्रतिपक्षबीच बढेको प्रतिशोधको राजनीतिक तत्काल अन्त्यहोस् भन्नेमै पौडेल देखिएका हुन् ।

हुन त सत्ता र प्रतिपक्ष भिडेरै सधैअघि बढ्न सक्दैनन् भने संसद सधै बन्धक बन्न पनि सक्दैन् । फलत ः राष्ट्रपतिले पनि यस्ता विषयमा चासो राख्नु स्वभाविक पनि ठहर्छ । तर उनको चिन्ता संसद खुल्नु भन्दा यो मुठभेड प्रतिसोधतर्फ अघि नबढोस र आफू त्यसैको भुङग्रोमा पर्न नपरोस भन्नेतर्फमात्रै केन्द्रीत देखिदाँ त्यो अवस्थामा पार्टि वोक्छन कि सरकार ? त्यो त समयले नै बताउला । तर संसदमा लागेको आगो केवल त्यहिमात्रै सिमित हुदैन भन्ने विषयलाई भने यो गतिलो उदाहरण बनेको छ ।