अन्तर्राष्ट्रिय

मोदीको इलाकामा केजरीवालको धमका,राहुलसँग दोस्ती, ७ सिटमा भोट साटे, बिजेपीलाई भारी (भिडियोसहित)


काठमाडौँ— भारतको लोकसभा निर्वाचन अन्तर्गत छैटौं चरणको मतदान शनिवार सम्पन्न भएको छ ।८ राज्यका विभिन्न ५८ सिटका लागि भएको निर्वाचनलाई महत्वका साथ हेरिएको छ । मोदीको शासन सत्तामा भारतको चुनाबी गर्मी अझै सेलाएको छैन । सात चरणमा हुने भारत लोकसभा निर्वाचन अन्तर्गत छैटौं चरणको मतदान सम्पन्न भएको छ । केन्द्र शासित प्रदेशसहित ८ राज्यका विभिन्न ५८ सिटका लागि शनिबार मतदान भएको हो ।
पछिल्लो दुई चुनावमा राजधानीका सातवटै लोकसभा सिट जितेको भाजपासँग दिल्लीमा मुख्ममन्त्री समेत रहेका अरविन्द केजरीवालको आम आद्मी पार्टी र कांग्रेसले संयुक्तरूपमा प्रतिस्पर्धा गरेकाछन् ।


राजधानी दिल्लीमा कांगे्रस तीन तथा,आमआद्मी पार्टी चार सिटमा लडेको छ। केजरीलालाई कांग्रेस ले र केजरीवालको आमआदमीले कांग्रेसलाई भोट हाल्ने गरी गठबन्धन गरेका उनिहरुको मत एकठ्ठा भए मोदीलाई धक्का लाग्ने देखिन्छ । यद्यपी यसअघिको निर्वाचन समिक्षा गर्दा पनि कांग्रेस र आमआदमीको जोड्दा ४० प्रतशित मत पुगेको थियो, जबकी भाजपा अर्थात मोदीको पक्षमा ५० प्रतिशत मत झरेको थियो । अहिलेको गठबन्धले आफ्नो ४० प्रशितत मत कायम राखेर मोदीको पक्षबाट १० प्रतिशत खोस्नु पर्ने चुनौती कायम छ । त्यो सहज भने छैन । विगतमा कांग्रेस विरुद केजरीवाल र केजरीवाल विरुद्ध कांग्रेस खनिएको अभिव्यक्तिलाई भाजपाले मत विभाजनका लागि अस्त्र बनाएर पर्चार गरीरहेको छ । तर केजरीवाल र कांग्रेसको गान्धी परिवारले भने आ–आफ्नो अस्तित्व देखाएर आफ्नो मत कायम राख्ने र विपक्षीको मत तान्ने घनिभुत प्रयास गरेकाछन् । मोदीको लागि त्यो चुनौती भएपनि ठूलो क्षति हुनेगरीको खतरा देखिदैन ।

मोदीले आफुलाइ थुनेको सेन्टिमेन्टमा खेलेर केजरीवालले त्यसको फाईदा उठाउदा, आफ्नै घरमा राखेकी महिलामाथि कुटपिट गरेको विषयले समेत उनलाई पिरोल्ने देखिन्छ ।
यो पटकको निर्वाचनको मुख्य क्षेत्र राजधानी दिल्ली केन्द्रीत रहेको छ । यो क्षेत्रमा २०१४ मा एक्लाएक्लै भिडेका उम्मेद्वार यसपटक गठबन्धन गरेर अघि बढेका छन्

मुख्य मन्त्री केजरीवाले मतदान गरेका छन् । र यो निर्वाचनमा कांग्रेससँग मत साट्न बाध्य पनि छ्न । छैटौं चरणमा नयाँ दिल्ली, उत्तर पूर्व दिल्ली, उत्तर पश्चिम दिल्ली, चाँदनी चोक तथा उत्तर प्रदेशका सुल्तानपुर र आजमगढ चर्चित सिट हुन।मदिरा नीतिमा घोटाला गरेको आरोपमा पक्राउ परेका दिल्लीका केजरीवाल मतदान अघिमात्रै छुटेका थिए।जेलबाट छुटेर उनी लगातार चुनाव प्रचारमा जुटेकाछन् ।
केजरीवाल फ्याक्टरले पनि छैटौं चरणको मतदान थप महत्वपूर्ण साबित हुनेछ। अरविन्द केजरीवालले जमानत पाएपछि आम आदमी पार्टीलाई राहत र भारत गठबन्धनलाई स्टार पावर हुने निर्वाचन विश्लेषकहरू विश्वास गर्छन्।यता निर्वाचन जारी रहदाँ केजरीवाल लक्षित विभिन्न टिप्पणी समेत भएको छ । आफ्नो ट्वीटमा केजरीवालले पाकिस्तानका पूर्वमन्त्री तथा इमरान खानको पीटीआई पार्टीका नेता चौधरी फवाद हुसैनलाई आफ्नो देशको जिम्मेवारी लिन सल्लाह दिएका छन्। नेता हुसैनले “शान्ति र सद्भावले घृणा र अतिवादका शक्तिहरूलाई परास्त गरून्। भन्दै ट्वीट ग्रेका थिए । यसमा अरविन्द केजरीवालले जवाफ दिएका हुन ।


साथै, आम आदमी पार्टी र लेफ्टिनेन्ट गभर्नर दिल्लीमा चुनावलाई लिएर आमनेसामने समेत भएकाछन् । यसले मतदातालाई समस्या बढाएको आरोप रहेको छ । पीडीपी प्रमुख महबुबा मुफ्ती मतदानका क्रममा मतदान एजेन्टहरूलाई अनावश्यक रूपमा हिरासतमा राखिएको आरोप लगाउँदै हडतालमा बसेकी छिन् । यसकारणपनि यो चरण धेरै कारणहरूको लागि महत्वपूर्ण मानिएको छ । यस निर्वाचनमा प्रमुख उम्मेदवारमा दुई पूर्वमुख्यमन्त्री मनोहरलाल खट्टर र मेहबुबा मुफ्ती रहेका छन् । करनालबाट भाजपाका उम्मेदवारका रूपमा खट्टर र अनन्तनाग–राजौरीबाट पिडिपी उम्मेद्वार मेहबुबा मुफ्ती चुनाव लड्दैछन् ।केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधान, भाजपाका प्रवक्ता सम्बित पात्रा र पूर्वकेन्द्रीय मन्त्री मेनका गान्धी प्रमुख उम्मेदवार छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र पार्टीका अन्य नेताको र्यालीले भाजपाको अभियानलाई बलियो बनाएको देखिन्छ । आम आदमी पार्टी र कांग्रेसले हरियाणामा पनि हातेमालो गरेका छन् । जहाँ सन् २०१९ को लोकसभा चुनावमा भाजपाले सबै सिट जितेको थियो । हिसार सहित राज्यका केही सिटमा बहुआयामिक प्रतिस्पर्धा भइरहेको छ । यस राज्यमा लोकसभा चुनावको केही महिनापछि विधानसभा चुनाव हुनेछ ।
सातौँ चरणको मतदानपछि जुन–१ मा लोकसभा सम्पन्न हुनेछ जसमा ५७ निर्वाचन क्षेत्रका मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । निर्वाचनको परिणाम भने जुन–४ मा घोषणा गर्ने जनाइएको छ ।