Breaking

सिरोहियाको सकस, रास्वपाका कार्यकर्ता जागे, सञ्जालमा आतंक, कहाँ पुग्छन् प्रचण्ड–ओली ?


काठमाडौँ— कान्तीपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश शिरोहिया नागरिकता किर्तेमा प्रहरी हिरासतमा छन् । उनको नागरितामा प्रश्न उठेपछि सरकारले भने स्वभाविक रुपमा छानविन अघि बढाएको दाबी गरेको छ ।
जहाँ प्रमुख प्रतिपक्ष सहित कैलाशका शुभचिन्तकले भने यसलाई रानीतिक पूर्वाग्रह कै संज्ञा दिदाँ यसले उठाएका प्रश्नहरु के के हुन त के हो ?

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियलाई थप तिन दिन हिरासमतमा राख्न अदालतले अनुमती दिएपछि उनी प्रहरी नियन्त्रणमै छन् । अहिले स्वास्थमा समस्यामा आएको भन्दै अस्पतालमा रहेका उनीमाथि नागरिकता किर्तेको आरोप छ । एकातर्फ अंगिकृत नागरिकका छोराले कसरी वंशजको नागरिकता लियो भन्ने वहस छ भने अर्कातर्फ उनको नागरिकता नम्बरकै अर्का व्यक्तिको नागरिकता समेत छ । त्यस्तै ढड्डामा पूर्ण विववरण नभेटिएको,जारी गर्ने अधिकारीको हस्ताक्षर नभएको जस्ता ६ ओटा कारण त पक्राउ पूर्जी जारी गर्दा नै देखाईएको छ । जुन पक्राउलाई उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा जोडिएको भन्दै निरन्तर आएको समाचारसंग जोडिदा फौजदारी कसुरलाई केहिसंग जोड्न नमिल्ने तर्क गर्नेहरु समेत छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल देखि एमाले अध्यक्ष केपी शर्मा ओलीसम्मले यसलाई होहल्ला गर्ने विषय नभएको बताँउदा कसैमाथि प्रतिशोध नसाधेको प्रतिक्रिया दिएका छन् । ओलीले पक्राउको समयले केहि आशंका जन्माएपनि त्यसरी नबुझ्न आग्रह नै गरेका थिए ।

योसंगै यो प्रेस स्वतन्त्रताको विषय होकि हैन भन्ने पहिलो प्रश्न जन्मिएको छ । जहाँ समाचार नै छापेको भरमा धम्काउन यस्तो कदम चालिएको शिरोहिया पक्षधरको दावीले यो प्रेश स्वतन्त्रताको विषय भएको हुनेसंकेत गर्छ । जुन प्रहारले प्रश्न गर्ने आँट अरुमा पनि नेदेखिने आशामा सरकार रहेको भए त्यो लोकतान्त्रिक पद्धतीमाथि कै खतराका रुपमा औल्याईदा हतियारधारी प्रहरी मिडियाभित्रै प्रवेश गर्नुलाई प्रश्न गरेका छन् । जहाँ आम सर्वसाधरण भने त्यसको विपक्षमा देखिदाँ सम्बन्धित मिडिया र त्यसको पक्षधरमाथि सामाजिक सन्जालबाट गाली वसाईरहेका छन् । यहि कारण रेटिङ नै नकारात्मक हुने अवस्थामा आउँदा भीडबाट मिडिया नियन्त्रीत हुनुपर्ने दिन आएको हो भन्ने प्रश्न समेत जन्मिएको छ । जहाँ शिरोहियासंगै आफूमाथि प्रश्न गर्ने सबै मिडियालाई १२ भाईको ट्याग लगाईदिएका गृहमन्त्रीले कस्तो नरात्मक विउ रोपेछन् भन्ने अर्को प्रश्न समेत यसले उब्जाउदाँ उनको विगतमा सन्चारकर्मको पृष्ठभूमिमाथि पनि प्रश्न उठेको छ । त्यस्तै फरक मतलाई निषेध गर्ने प्रवृत्ती कसरी समाजमा फैलिदै छ भन्ने समेत यसले देखाँउदा रवि छोरी कुटेर वुहारी तर्साउन लागि परेको आक्षेपलाई नै यसले वल पुर्याएको छ ।

हुन त ठूला मिडिया सकिए पालो आउने आशामा समेत केहि व्यक्ति र संस्था होलान् । तर जेसुकै बहानामा पनि ठूला नै सकिएपछि सानाको हालत के हुन्छ प्रश्न यो पनि छ । त्यसो भएके सरकार कि प्रशंशका कि बन्दको विकल्प ल्याएर गोदी मिडियाकै अर्को रुपमा बनाउन लागि परेको हो यो प्रश्न समेत यसले बलियो बनाउँदा गृहमन्त्रीमै रहेर प्रमाण नास्ने अवस्थामा समेत रवि नागरिकता काण्डमा पक्राउ नपर्नु तर सिरोहियालाई अपराधी नै मानिसक्नु समेत स्वभाविक देखिएको छैन् । जसले भीड जो तिर छ त्यो नै सत्य हुने नेपाली परिपाटीको रुपमा देखिदाँ आफैले भगवान बनाएको पात्रले घात गरेपछि मात्रै नेपाली नागरिक चेतिने हुन प्रश्न यो समेत छ ।

नागरिकले नै मन नपराए संसारमा कसैको केहि नलाग्ने उदाहरणकाबीच यसले निष्पक्ष पत्रकारिता गर्न दवाव दिएपनि आफू अनुकुल नभए भीड पेल्ने रविको प्रवृत्ती ढिलोचाडो उनकै लागि समेत घातक हुन सक्छ। जुन अव समाजको अर्को पाटोमा समेत जाईलाग्ने देखिदाँ केवल भीडकै हाहाहुहुमा उनी कति टिक्छन वा कहाँसम्म पुग्छन ? यसै भन्न सकिने अवस्था छैन । अहिले जे सुकै वहानामा होस मिडिया तह लगाए भन्ने सपना देखेको उनलाई पछि यहि भिडले तह नलगाउला भन्न सकिदैन् । जसले अदालत देखि सरकासम्म त पहिल्यैबाट प्रभावित गर्न थालिसकेको छ ।