Breaking

सत्ता पक्षले डाकेको बैठकमा जानुअघि पार्टीका नेतासँग छलफलमा कांग्रेस सभापति देउवा


काठमाडौँ— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाकेको शीर्ष नेताको बैठकमा जानुअघि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी नेताहरुसँग छलफल थालेका छन् । बैठक उनकै निजी निवासमा जारी छ ।

बैठकमा पूर्णबहादुर खड्का, गगन थापा, कृष्णप्रसाद सिटौला, रमेश लेखक, कार्यदलमा रहेका जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् । बैठकमा समसामयिक राजनीतिक घटनाबारे छलफल हुने बताइएको छ ।

नेपाली कांग्रेसले सहकारी ठगीविरोधमा आजै काठमाडौं उपत्यकाव्यापी विरोध प्रदर्शन गर्दैछ ।

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । आगामी वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम पास गर्ने सम्भावित कार्यसूची छ । गृहमन्त्रीसमेत जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ । आजको बैठकमा पनि कांग्रेसले अवरोध जारी राखे विरोधकै बीच नीति तथा कार्यक्रम पास गर्ने सरकारको तयारी छ ।