Breaking

सिरोहिया छुटाउन VIP वकिलको लर्को, थुन्नु गलत होइन ओली–प्रचण्डले छुट्छन् भनेर बोल्नु गलत हो


काठमाडौँ – नागरिकता कीर्तेसम्बन्धी कसुरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि हिरासतमा राखेर अनुसन्धान चलिरहेको छ । दोहोरो नागरिकताको आरोपमा पक्राउ परेका सिरोहियामाथिको अनुसन्धान स्वभाविक कानुनी प्रक्रिया हो । तर सञ्चार उद्यमी सिरोहियाको पक्राउबारे राजनीतिक दलका शीर्ष नेताहरुले नै यो विषयलाई राजनीतिक रंग दिएका छन् ।
नागरिकता कीर्तेसम्बन्धी कसुरमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउपछि अनुसन्धान चलिरहेको छ । उनको पक्राउसँगै समग्र सञ्चार माध्यम मात्र होइन राष्ट्रिय राजनीतिसमेत तरंगित छ ।

दोषी होस् या नहोस् कुनै पनि व्यक्ति कुनै कसुरमा तानिए पक्राउ भइ अनुसन्धान हुनु सामान्य प्रक्रिया भए पनि दोहोरो नागरिकता कसुरमा पक्राउ परेका सिरोहियाको विषयले सनसनी मच्चाइ रहेको छ । सिरोहिया पक्राउको सुईको पाउन साथ दलबलसहित कान्तिपुरको मुख्यालय पुगेर सान्त्वना दिएका कांग्रेस नेताहरु अहिले स्थानीय तहदेखि केन्द्रसम्मै सिरोहिया बोकेर हिँडेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवादेखि महामन्त्रीहरु खुल्लमखुल्ला सिरोहियाको पक्राउप्रति आपत्ति मात्र जनाउँदै आएका छैन्न राज्य सत्ताले आफ्नो शक्तिको दुरुपयोग गरेको आरोप लगाइरहेका छन् । भ्रातृ संगठनहरुलाई आन्दोलनमा उतारेको कांग्रेसका बहालवाला मेयर नै धर्नामा बसेका छन् ।


जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले कैलाश सिरोहिया रिहाइको माग गर्दै चार घण्टा धर्ना नै दिएका छन् । यसअघि नै पार्टी सभापति शेरबहादुर देउवाले सिरोहियाको पक्राउ गलत भएको प्रतिक्रिया दिइसकेका छन् । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई लखेटी रहेको कांग्रेसलाई कान्तिपुरले प्रकाशन गरेका श्रृंखलाबद्ध समाचार सामाग्रीले बल पु¥याई रहेकै थियो । सिराहियाको पक्राउको विरोधमा कांग्रेसले सडक र सदनमा शक्ति देखाइ रहेकै छ । कांग्रेस मात्र होइन पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, बहालवाला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्म निर्लज्जै बनेर सिरोहियाबारे बोल्दै हिँडेका छन् । अहिले सिरोहिया नेताहरुको बोल्ने विषय बनेका छन् ।

सिरोहियालाई हिरासत पु¥याएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मौन छन् । तर सिरोहिया पक्राउको विषय नै रवि तह लगाउने खेलो बनाइरहेका प्रधानमन्त्री प्रचण्डदेखि प्रतिपक्षलाई उक्साएर साइजमा ल्याउने एमाले अध्यक्ष ओलीको रणनीति छ । सिरोहिया पक्राउ राजनीतिक दाउपेचको विषय बनेको छ । राजनीतिक दलका नेताहरु उनीमाथि सहानुभूति देखाइरहेका छन् ।

पटक पटकका संवैधानिक इलजासको फैसालाबाटै अदालतको विचारधिन मुद्दामा प्रतिक्रिया नदिन अदालतले निर्देशन नै जारी गरे पनि राजनीतिक दलदेखि सञ्चार माध्यमसम्मै विभिन्न टिका टिप्पणीमा व्यस्त छन् । यता प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरुले नै ठोकुवा गरेरै सिरोहिया छुट्ने तिथि मिति तय गर्न थालेपछि पूर्वप्रधानन्यायाधीशले आपत्ति जनाएका छन् । यस्ता अभिव्यक्ति नै गैरकानुनी हुने उनीहरु तर्क गर्छन् ।

अहिले सिरोहियाको पक्षमा ८ जना वरिष्ठ अधिवक्तासहित १२ जना कानुन व्यवसायीको समूह उनलाई जोगाउन तथ्य र प्रमाण जुटाउन व्यस्त छन् । वरिष्ठ अधिवक्ता शम्भु थापा नेतृत्वमा सिरोहिया कानुनी उपचार खोजी रहेका छन् । यता फौजदारी अभियोगमा ३५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने कानुनी अधिकार प्रहरीलाई छ । यद्यपि, सिरोहियालाई छुटाउने र थप अनुसन्धान गरी आरोप पुष्टि गर्न भने दुवै पक्षका कानुन व्यवसायीहरु सक्रिय रुपमा लागि परेका छन् ।।