राजनीति

विपक्षी दलको बैठक जारी


काठमाडौँ = नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसिरहेको छ ।

विपक्ष दलले सहकारी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै आएका छन् । साथै, सदनमा सभामुख देवराज घिमिरेको भूमिकालाई लिएर विपक्षी दलले प्रश्न उठाइरहेका छन् ।

गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनमा प्रत्यक्ष संलग्न भएको भन्दै विपक्षी दलले उनी माथि पनि छानबिन हुने गरी संसदीय छानविन समितिको माग गर्दै आएका छन् ।

कांग्रेसले बोलाएका विपक्षी दलको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी, जनमोर्चा लगायतका दल सहभागी हुँदै आएका छन् ।