प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता केन्द्रित बन्दा उनकै भाषामा जो कोहीलाई लात्त हान्ने रणनीतिमा देखिएका छन् । फलत : कहिले प्रतिपक्षीलाई नै पेलेर संसदमा विश्वासको मत लिने, अवरोध गरे धम्की दिने उनी प्रेसमाथिको प्रहारमा पनि चुपचाप छन् । बरु नजानिदो पाराले सत्ता जाने डरले यस्तैको पृष्ठपोषणमा लागि परेका उनले सत्ता टिकाउनेभन्दा माथि सोच्न छोडेकै हुन त ?
मिति २०८१ साल जेठ ७ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध कायम राख्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदमा विश्वासको मत लिँदै थिए । जब कि कांग्रेसको बटमलाइनबारे उनी जानकार थिए । अझ तेस्रो कार्यकाल प्रधानमन्त्री भइसकेका उनलाई अब संसदीय राजनीति सिकाई रहनु पर्ने छैन । बढो खेलाडी भइसकेका उनी विपक्षीलाई पेलेर जानु संसदकै गरिमा घटाउनु भएको भलभाती जानेकै व्यक्ति हुन् । तर सभामुख नै सभामुखभन्दा एमाले नेता बढी देखिँदा प्रचण्ड पनि पेलेरै जाने एमाले अध्यक्ष केपी शर्मा ओलीको रणनीतिमै अघि बढे । बरु संसदकै रोष्ट्रमबाट उनले यसको ठूलो मूल्य चुकाउनु पर्ने धम्की नै कांग्रेसलाई दिए ।
उनकै गृहमन्त्री रवि लामिछाने र कान्तिपुरको भिडन्तमा अध्यक्ष कैलाश हिरोसिया अहिले प्रहरी सिरासतमा छन् । बाहिर बयान लिने तथा उनलाई पक्राउ नगरी छानविन गर्न सकिने विगतमा रवि लामिछानेले लिएको फाइदा सिरोहियालाई पनि दिन सकिन्थ्यो तर धावाधावा उनलाई खोरमा पुर्याउँदा प्रचण्डकै नेतृत्वमा जनयुद्ध चलिरहँदा डा.बाबुराम भट्टराईको लेख छापेबापत हिरोसियाले जेल भोगेको बिर्से । अर्थात आफूलाई लोकतान्त्रिक पद्धतिमा ल्याउने कांग्रेसलाई लात हान्ने, निर्वाचन क्षेत्र नै दिने भट्टराईलाई भित्तामा पुर्याएका प्रचण्डले व्यवस्था परिवर्तनमा भूमिका खेलेको कान्तिपुरमाथि पनि कदम चाल्ने आँखा झिम्काइदिए । यसलाई होहल्ला गर्ने विषय नभएको भन्दै सिरोहियाले छुट पाउने बताँउदै प्रचण्ड चोखिरहेका छन् ।
अहिले पनि सरकारलाई सहकारी मुद्दाले छोएको छैन, त्यो कान्तिपुरको भन्दा तल्लो तहका नागरिकको दुःख भएको नदेखेका उनीहरु प्रश्न गर्नेमाथि नै प्रहार गरिरहेका छन् । आफ्नै मन्त्रीले आकाशपातलबाट भएपनि पक्राउ गर्छु भनेका जीबी राई कहाँ छन् ? यसको जवाफ दिने हैसियतमा छैनन् । बरु राईलाई उनेलै भगाएको रविले नै खुलासा गरेका छन् । जसले आफ्नो सत्ता जोगाउन कस्तालाई उनले बोकिरहेको छन् भन्ने पक्का हुदाँ उनकै लागि देश सती जानुपर्ने हो भन्ने प्रश्न बलियो बनेको छ ।
बालकुमारी काण्डका समयमा समेत सत्ता जोगाउनु नै मुख्य विषय बनाएका प्रचण्डले मन्त्रीलाई कारबाही गर्छु भनेर गरेको प्रतिबद्धता पूरा गर्न सकेनन् । फलतः रोजगारी खोज्ने दुई युवाको छातीमा राज्यले गोली दागेको विषय कुकुर मरे झैको संज्ञामा समेटियो । तर सत्ताका लागि १७ हजार प्लस २ भनेर नारा लगाएको रास्वपालाई नै बोकेका उनी पार्टीभित्रै पनि तस्करको नाइकेको भाष्य बनाउँदै छन् । त्यस्तै बाहिर साथ दिनेहरु नरहँदा सत्ताविहीन भएका दिन ओलीले निल्ने पक्का हुदाँ रबरस्टाम्प जस्ता बनेका प्रचण्ड उटपट्याङ्का काम गर्नेहरुका महाराज र संरक्षणकर्तामै सीमित बनेका हुन् । जसले सत्ताका लागि उनले भोलि राजावादी नै बोक्न सक्ने आक्षेपलाई बल पुग्दा संसद विघटनकै विकल्पसमेत स्वीकार्ने दिन नआउला भन्न सकिँदैन ।
प्रतिक्रिया