Breaking

कांग्रेसका यी सांसद जेल जाँदै ! गृहले बजाउँदैछ घण्टी, प्रचण्ड सरकार ढाल्न सडक तताउँदै कांग्रेस (भिडियोसहित)


काठमाडौँ— सत्तापक्ष पेलेरै जाने बाटोमा अघि बढेपछि प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस सडकमा पुगेको छ । बढ्दो मुद्दा र सदनमै घेराबन्दी हुने अवस्था नबन्दा यो उसका लागि बाध्यतासमेत बनेको हो । जसलेसडक र सदनमै गृहमन्त्रीको राजीनामाको मागसहित पेल्ने बाटोमा अग्रसरकांग्रेस कसरी अघि बढ्छ त ?

भ्रातृ र शुभेच्छुक संस्थालाई सडकमा उतारेर संसदमा आफूले घेराबन्दी गरेको नेपाली कांग्रेस दुवै क्षेत्रमा उपस्थिति बलियो बनाउँने रणनीतिमा लागि परेको छ । सदनमा पेलेरै जाने सत्तापक्षको मुड र कमजोर बन्दै गएको घेराबन्दीका कारण यो उसका लागि विकल्प बन्दै छ । जहाँ मिडियामाथिको आक्रमण एउटा मुद्दा थप भएको छ भने राष्ट्रका सूचना बेचेको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमै गरेको भाषणलाई पनि उसले अबएजेन्डा बनाउने छ ।

फलत : आफूले लगाएको आरोपमा कि त पुष्टि गरेर देखाउनुपर्छ, पुष्टि गर्न सकिँदैन भने गृहमन्त्रीलाई प्रधानमन्त्रीले हटाउनुपर्ने अभिव्यक्ति कांग्रेसका नेताहरुले दिन थालिसकेका छन् । जहाँसभामुख र सत्तारुढ दलहरूको मिलेमतोमा संसदलाई ब्यारेक बनाइएको आरोप लगाएको कांग्रेसले हिजो राजा ज्ञानेन्द्रले सत्ता हातमा लिदाँ सडकमै गएको अवस्था कै भाष्य निर्माण गर्न खोजिरहेको छ । त्यस्तै मिलेका कम्युनिस्टसँग धुव्रीकरण चाहेका र आफ्ना नेताहरुले विकल्पका रुपमा रास्वपा रोजिरँहदा यसैवेला हिसाब किताब क्लीयर गर्नुपर्ने महामन्त्रीहरुलाई चुनौती नै छ ।टेरामक्समा मुद्दा खेपिरहेका कांग्रेस नेता ज्ञानेन्द्र कार्की र मोहन बस्नेत, नक्कली सर्टिफिकेटमा मुद्दा खेपिरहेका सुनिल शर्मा,कैलालीको जग्गा प्रकरणमा आरजु राणा लगायतका १० जना टार्केट पर्ने खतरा छ । त्यसका लागि गृहमन्त्री रविले तयारी थाल्दा कम्तीमा रक्षात्मक आन्दोलन गर्नैपर्ने बाध्यतामा कांग्रेस छ ।

अध्यादेशबाटै बजेट ल्याउन सक्ने खतरा र विश्वासको मत लिँदा भएको अवरोधको मूल्य चुकाउनुपर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चेतावनीलाई समेत कांग्रेसले गम्भिरतापूर्वक लिएको छ । जसमा वुद्धिजिवी प्राध्यापक र सम्पादकसहित मिडियामा देखिएको धुव्रीकरणले भने लाभ पुग्ने देखिन्छ । जहाँ गृहमन्त्रीले नै गरेको सहमति कार्यान्वय नभएको तथा जीवी राई पक्राउ गरिहाल्न नसकिने अवस्थालाई प्रयोग दाउमा कांग्रेस छ । फलतः सडकमा आइसकेको सहकारी पीडितलाई साथ दिने बाटोमा कांग्रेसीहरु लागि पर्दा एकीकृत समाजवादी अझ आक्रोशित छ । आफ्ना नेता विरोध खतिवडाका सम्धी कैलाश सिरोहिया नै पक्राउपरेका कारण उनीसँग जोडिनेहरुले ध्रुवीकरण र विदेशी नियोगहरुले देखाएको चासोले पनि कांग्रेस लाभ लिन सकिने बुझाइमा देखिन्छ । फलतः प्रचण्डलाई नैतिकताको दवाव बढाउने र रविलाई बर्खास्त गर्दै समीकरण फेर्ने खेल नहोला भन्न सकिँदैन । आफूविरुद्ध रहेकालाई फायर हाल्ने साथ नदिए गठबन्धन छोड्दिने रविको धम्कीले पनि सधैँफाइदा नगर्नेमा स्वयम् प्रचण्ड छन् ।

हुन त ठूला फाइलमाथि रविको चासोले नै पनि उनको अवस्था चित्रित गर्छ । जसलाई आफू सकिने अवस्था आएपछिको प्रतिप्रहारका रुपमा विश्लेषण गरिँदा यसबाट प्राप्त हुने फाइदामा धेरै दिन केपी शर्मा ओली पनि रहने छैनन् । त्यस्तै कम्तीमा संसद विघटनसम्मको अवस्थामा प्रचण्डले यो स्वीकार्लान् त भन्ने प्रश्न यसले सिर्जना गर्दा सत्ता सरकारमै रहनु मात्रै नभएको उनीहरुकाले बुझ्न जरुरी छ । जुन शक्तिलाई सुदृढ र प्रयोग गर्न कांग्रेस कति सफल रहन्छ त्यसैमा सत्तापक्षमाथिको घेराबन्दीको मजबुती तय हुनेछ । अहिलेको रणनीति नै त्यतातर्फ अघि बढाउने बाटोमा कांग्रेस देखिन्छ ।