Breaking

प्रचण्ड र देउवा जुधाएर प्रधानमन्त्री बन्दै ओली, माधवको पार्टी फुट्ने प्रमाण


काठमाडौँ – संसदमा नेपाली कांग्रेस, माओवादी र रास्वपाको भिडन्त जारी रहँदा राजनीतिक रुपमा सबैभन्दा बढी लाभ एमालेले लिइरहेको छ । सहकारी प्रकरणले गिरीबन्धु टी इस्टेटमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथिको मुद्दा कमजोर बनेको छ भने, अरु दललाई भिडाएर सत्ता यात्रासम्मको रणनीति बालकोटले बुनेको छ ।

सत्ता राजनीतिमा कांग्रेस–रास्वपा एकअर्कासँग भिड्न र पोल खोलाखोलमै व्यस्त छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कहिले एमाले र कहिले कांग्रेस मिलाउनेमै भ्याइनभ्याई छ । तर, यी सबैको फाइदा यदि कोहीले लिइरहेको छ भने त्यो नेकपा एमाले नै हो । एमालेलै मन्त्री पाएकै छ, महत्वपूर्ण नियुक्ति पाएकै छ । सरकारका कामको अपजस खेप्नु परेको छैन । अहिले बिग्रिए रवि लामिछाने र उनको पार्टी बिग्रिन्छ र आरोपी बोक्दा काँध गन्हाउने प्रचण्डकै हो । त्यसकारण एमालेलाई हाई सञ्चो छ । बरु प्रचण्ड र गृहमन्त्रीको काँधमा तोप राखेर आफ्नो राजनीतिक निसाना ओली साँध्दैछन् । त्यसको पहिलो कदम हो, संसदमा कांग्रेस र माओवादीको भिडन्त ।

सहकारी प्रकरणमा छानविन समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लचक बनेकै बेला ओलीले संसदमा सभामुख प्रयोग गरेर माहोल भाँड्दै आगोमा घिउ थपिदिए । त्यतिले पनि नपुगेर कांग्रेसकै भोटले ३२ सिटको हैसियत बनाएको माओवादीले कांग्रेसलाई नै अर्को चुनावमा देखाइदिने धम्की माओवादीमार्फत नै दिन लगाए । हिजो माओवादीले कांग्रेसलाई देखाइदिने चेतावनी दिँदा आज कांग्रेसले माओवादीलाई देखाइदिने धम्की दियो । यसले ओलीले गिरीबन्धु प्रकरणमा आफूमाथि लागेका आरोपको आवाज मत्थर पारिदिएका छन् भने अरु दल भिडाएर आफू वादशाह बन्न खोजिरहेका छन् ।

यो नै कांग्रेस–माओवादी भिडाएर राजनीतिक लाभ आफूले लिने ओली रणनीति हो । अब ओलीको अर्को कदम केही दिनमा देखिँदैछ । रविको काँधमा बन्दुक राखेर ओलीले अर्को तोप पड्काउँदैछन् । र त्यसको नतिजाका रुपमा ओलीको सत्तारोहण देखिनेछ । राजनीतिक दल सम्बन्धी विधेयक औपचारिक रुपमै संसदबाट फिर्ता भइसकेको छ । ओलीको कुटिल चालको सिकार जसपा भइसकेको अवस्थामा केही दिनमै उसको फुटले वैधानिकता पाउनेछ । किनकि विधेयक फिर्ता लिएर सहजै दल फुटाउने गरी अर्को अध्यादेश ल्याउने तयारीमा ओली छन् ।

अब उनको मिसन जसपाका सात सांसदको फुटलाई वैधानिक बनाउने र एकीकृत समाजवादी फुुटाउन नपाउने कानुनी अड्चनलाई समेत तोड्दै एकीकृत समाजवादीका पाँच सांसद आफूतिर तान्ने उनको रणनीति देखिन्छ । अहिले पूर्व एमालेबाट छुटिएर माधव नेपाल पछिको हैसियतमा रहेका राजेन्द्र पाण्डेलाई फकाउन ओलीका दूतहरु पाण्डेको दैलो धाइरहेका छन् । जहाँ प्रेम आले, किसन श्रेष्ठ लगायतहरुले त ओलीलाई आफ्नो नेता मान्न थाल्दा ओलीले पनि आगामी चुनावमा सूर्य चिह्नबाटै चुनाव लडाउने आश्वासन दिन थालेका छन् ।

अब बालकोटको अन्तरकुन्तरको सपनाबारे बुझौँ । बरु ओलीको यो पार्टी फुटको जालमा रास्वपा, माओवादी पनि तत्काल पर्न सक्छन् । तर एमालेमा कुनै पनि असर पर्ने छैन । किन भने एमालेको संसदीय दलमा तत्कालै फुट आउने सम्भावना देखिँदैन । जसपाको अशोक राई पक्षलाई अध्यादेशमार्फत वैधता दिन सकिए र एकीकृत समाजवादीका पाँच सांसद फकाउन सकिए ओली १२ सांसद आफूतिर तान्न सफल हुनेछन् । उनीहरुलाई एमालेमै विलय गराएर ९१ सांसदसहित एमाले संसदको ठूलो शक्ति बन्नेछ । र प्रचण्डलाई दिएको समर्थन फिर्ता लिँदै ओली स्वयं प्रधानमन्त्रीका लागि अघि सर्नेछन् ।

तर यत्ति गर्नका लागि ओलीलाई केही समय भने लाग्नेछ । त्यति बेलासम्म माओवादी र कांग्रेसको भिडन्त यतिसम्म पुग्नेछ कि माओवादीको नेतृत्वलाई सडक र सदनबाट दबाब दिँदा पनि नगल्दा प्रचण्डलाई
यति हुँदा पनि ओली प्रधानमन्त्री बन्न सकेनन् र कांग्रेस–माओवादीको भाँडभैलो कायम रहे कांग्रेस र माओवादी नै देशमा मध्यावधि निर्वाचन घोषणा गर्ने वा प्रचण्डलाई गराउन बाध्य पार्ने रणनीतिमा ओली छन् । त्यसका लागि रास्वपा र एमाले तयार नै छन् ।

उनीहरुको दबाब आए प्रचण्डको शक्ति क्षीण बन्नेछ भने, जसरी कोशी प्रदेश मध्यावधिमा जान लागेको अवस्थामा पुरानै अपराधमा फर्किदा कांग्रेसले संसद बहिष्कारकै अवस्थामा पुगेको थियो । त्यसैगरी कांग्रेससहितको राष्ट्रिय सहमतिमा देशमा मध्यावधि निर्वाचन गराउने लाइन देखिन्छ । यसो गर्न सकिए विगतमा आफूले दुई–दुई पटक गरेको संसद विघटन सही थियो भनेर देखाउने मौकासँगै लागेको कालो टीका मेट्ने रणनीतिमा ओली छन् । समग्रमा भन्दा अरु दल भिडाएर राजनीतिक लाभ आफ्नो पोल्टामा पार्ने ओली रणनीति हो ।