काठमाडौं । नेपाली कांग्रेससहित विपक्षी दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलको बैठक जारी छ ।
सभामुखले प्रतिपक्षको अवरोधमै प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्ताव अघि बढाएपछि आगामी रणनीति तय गर्न प्रतिपक्षी दलहरूको बैठक बसिरहेको हो ।
विपक्षी दलहरूको बैठकपछि कांग्रेस संसदीय दलको बैठक बस्ने तय भएको छ । नेपाली कांग्रेस संसदीय दलको बैठकपछि पत्रकार सम्मेलन गरी औपचारिक धारणा सार्वजनिक गर्ने कांग्रेसले जनाएको छ ।


प्रतिक्रिया