Breaking

कांग्रेसलाई प्रधानमन्त्री प्रचण्डले भने-तपाईंहरूले आज गलत गर्नुभयो, यसको मूल्य चर्को पर्नेछ


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले आज आफूले विश्वासको मत लिँदै गर्दा कांग्रेसले वेल घेरेर गलत गरेको बताएका छन्।

सोमबार कांग्रेसको अवरोधकै बीचमा छलफलमा उठेका विषयहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेसले इतिहासमै ठूलो गल्ती गरेको बताएका हुन्। यसले आफूलाई दुःखी तुल्याएको पनि उनले बताए।

ुतपाईंहरूले आज बहुत गलत गर्नुभयो। जुन प्रधानमन्त्रीले तपाईंहरूलाई पटक पटक साथ दियो र यो पटक पनि जुन प्रधानमन्त्रीले तपा‍ईंहरूलाई संवादको बाटोमा ल्याउन मेहनत गरेको छ। त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर तपाईंहरुले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो,ु उनले भने। प्रधानमन्त्री प्रचण्डले कांग्रेसले यसको ठूलो मूल्य चुकाउनुपर्ने पनि बताए।

ुतपाईंहरू नेपाली कांग्रेसका लागि चर्को पर्नेछ। आज तपाईंहरूको यो गतिविधि नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ। कलंकको रूपमा,ु उनले भने।