Breaking

एक्लै उभिएर आन्दोलन गर्नेसँग सुमनाको वार्ता, मलाई विश्वास गर्नुहोस्– शिक्षा सुधारेरै छाड्छु


काठमाडौंको माइतीघर मण्डलामा पाँच दिनदेखि उभिएर विरोध जनाउँदै आएका नेत्र चापागाईंंलाई भेट्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ पुगेकी छन् । उनको मागमा मन्त्री श्रेष्ठले ऐक्यबद्धतासमेत जनाएकी छन् ।

प्रारम्भिक बाल विकास (ईसीडी) शिक्षाको सुधारको माग राख्दै पाँच दिनदेखि उभिएर सरकारलाई खबरदारी गरिरहेका नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य नेत्र चापागाईंंलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भेट गरेकी छन् । काठमाडौंको माइतीघरमा उभिएर आफ्नो माग पूरा गर्न दबाब दिइरहेका चापागाईंलाई मन्त्रीले श्रेष्ठले सोही स्थानमा गएर भेट गरेकी हुन् । त्यसक्रममा मन्त्री श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमति पत्र आवश्यक रहेको बताइन् । चापागाईंंको मागमा ऐक्यबद्धता जनाउँदै मन्त्री श्रेष्ठले अटिजम काउन्सिलरहरुका लागि इजाजत पत्रको व्यवस्था गर्न मन्त्रालय लागिरहेको समेत विश्वास दिलाइन् । उनले अनुमति पत्र भएपछि मात्रै विद्यालय खोल्नुको औचित्य हुने भएकाले सरकारले त्यस काममा आवश्यक कदम चालिरहेको बताइन् ।

यता आन्दोलनरत चापागाईंले आधारभुत तहको शिक्षामा सरकारी र निजीको असमानतालाई हटाउन माग गरेका छन् । उनले सरकारी विद्यालयमा ईसीडी शिक्षा एक तहको मात्रै भएको तर निजी विद्यालयमा चार तह रहेकाले सरकारी र निजी दुवैमा अन्तर्राष्ट्रिय कानुन, मूल्य मान्यता र देशको अवस्था हेरेर नीतिगत रुपमा सच्याएर कम्तिमा समान तीन तहको व्यवस्था गर्न माग गरेका छन् । साथै, सरकारी विद्यालयमा विद्यार्थीको खाजा खर्च १५ रुपैयाँ रहेकोमा ५० बनाउनु पर्ने, शिक्षक कर्मचारीको तलब अन्तर्राष्ट्रिय मान्यताको आधारमा बनाउनु पर्नेलगायतका माग अघि सारेका छन् ।

शिक्षाको उद्देश्य व्यक्ति र समाज दुवैलाई माथि लैजाने हो । नेपाल जस्तो अल्पविकसित मुलुकमा व्यक्ति र समाजको विकासका लागि आर्थिक उन्नतिलाई टेवा पु¥याउने खालको शिक्षा हुनपर्छ । व्यक्तिको चाहनालाई मात्र होइन, समाजलाई नै अगाडि बढाउने र श्रमशक्ति तथा उत्पादन प्रक्रियामा टेवा पु¥याउने खालको शिक्षा हुनुपर्छ । शिक्षाको नाममा राजनीति, र खिचातानीले समस्या निम्त्याउन सक्छ । यस्तो अवस्था रह्यो भने शिक्षाले देशलाई गरिबीको कुचक्रबाट पार लगाउन नसकिने शिक्षविद्हरुको सुझाव छ । समयमै यी समस्यालाई समाधान गरी अगाडि बढ्न सरकारका सम्बन्धित निकायले आवश्यक नीति, निर्माणमा ध्यान दिन जरुरी देखिन्छ । शिक्षा मन्त्री श्रेष्ठले चापागाईंको माग प्रति ऐक्यबद्धता जनाउँदै गर्दा ती मागहरुलाई सम्बोधन गर्ने किसिमको नीति निर्माणमा कतिको ध्यान दिने छिन् त्यो भने निकट भविष्यले निर्धारण गर्ने नै छ । यद्यपि, शिक्षा सुधारको विषयमा भइरहेको खबरदारी प्रति उनले देखाएको चासो भने प्रशंसनीय मान्नु पर्छ ।