Breaking

रविको खरो जवाफले काँग्रेस आत्तियो, गगनले कुदेर प्रमाण देखाए, यस्तो प्रमाण, आरजु–धनराजलाई नछोड्ने


संसदमा रविले जे चाहन्थे, आइतबार त्यही भयो । अर्थात् उनले संसदमा बोल्न पाएँ । काँग्रेस आज चुप बस्न मानेपछि बोल्न पाएका उनले सिधा आरोपको सिधै प्रहार गरे । सहकारी ठगलाई मात्रै होइन, कृषि अनुदान उठाएर कुखुरा, हाँस, माछा, खशि, बोका र बाख्रा पाल्नेहरुलाई पनि संसदबाट बाहिर पठाउन भन्दै गगनमाथि तीर हाने ।

काँग्रेसका महामन्त्रीलाई रोस्टमबाट पेलेपछि रविको प्रहार सभापति शेरबहादुर देउवामाथि पोखियो । हिजो डेढबर्ष प्रधानमन्त्री बन्न गरेको अफरको डेट एक्साएर भएको बाँकी छ ? भन्दै देउवालाई कडा शैलीमा कडा प्रश्न गरे ?

तर रविमाथिका आरोप प्रमाणित नभए राजनीति छोड्ने गगनको उद्घोषमाथि सहानुभूति देखाए । तपाईँ जत्तिको मान्छेले राजनीति छोड्नु पर्दैन भन्दै गगन यो देशलाई चाहिने व्यक्ति भएको बताए । तथापी गगन थापाले दिन्छु भनेको प्रमाण अहिलेसम्म नपाएको स्पष्ट पारे ।

यी त संसदमा बोल्न पाएपछि रविले सुरुमै गरेको प्रहारको श्रृखंलामात्रै थियो । तर आफ्नाबारे छताछुल्ल आरोपका विषयमा के जवाफ दिए ? यो नै मुख्य चासोको विषय हो । अहिले मुलतः रविमाथि बुटवलको सुप्रिम सहकारी, पोखराको सूर्यदर्शन र चितवनको साहरा सहकारीको रकम अपचलनमा जीबी राईसँगै जोडिएको आरोप छ । जसमा जवाफ दिँदै रविले भने, ‘पोखराको सूर्यदर्शन सहकारी र बुटवलको सुप्रिम सहकारीले रवि लामिछाने नाम उल्लेख गरि फेक ऋण खाता सिर्जना गरि ऋण प्रवाह गरेको रहेछ । त्यसको एक पैसा मेरो खातामा आएको छैन ।’

सूर्यदर्शन सहकारीका विषयमा पोखरा महानगरले छानबिन गरेको प्रतिवेदनलाई रविले झुटको खेती भएको बताए । काँग्रेससँग सम्वद्ध व्यक्ति छानबिन समितिमा बस्दाको परिणाम भने । आफ्नो नाम मिसिलमा नखुलेको र पक्राउ प्रतिवादीले समेत उल्लेख नगरेको जवाफ रविले दिए । सहकारीले रवि लामिछाने नाम उल्लेख गरि खडा गरेको भौचरकै आधारमा आफु दोषी हुनुपर्ने ? भन्दै प्रश्न गरे ।

जीबी राईले गरेका सारा फोहोर आफु सोहोर्नु पर्ने आवश्यक्ता नभएको दाबी गरे । त्यसपछि रवि काँग्रेसले माग गरिरहेको छानबिन समिति गठनको विषयमा प्रवेश गरे । यस्ता आरोपकै भरमा आफुमाथि छानबिन हुने भए, काँग्रेसका गगन थापाको बाख्राकाण्डदेखि रामहरि खतिवडाको रोलेक्स घडी काण्ड र धनराज गुरुङको रातो पासपोर्ट हुँदै आरजु राणाको टिकापुर काण्डसम्म छानबिन समिति बनाउनुपर्ने बताए ।

काँग्रेसको जस्तो पालामा र काँग्रेसको जस्तो पाराले नचल्ने दाबी गरेका रविले मुलतः व्यक्ति केन्द्रीत छानबिन नहुनेमा जोड दिए । यदि छानबिन हुने हो भने, त्रिचन्द्र कलेजमा २०५५ सालमा गगन थापा स्ववियू सभापति भएका बेला भ्रष्टाचार भएको र ३० लाख बढी बेरुजु देखिएको विषयमा छानबिन हुनुपर्ने बताए । यस्ता धेरै विषयमा छानबिन हुनुपर्ने भन्दै क्रमशः सुनाए ।

रविका जवाफ सुनेपछि चिड्एिका काँग्रेस सांसदहरु उठेर बोल्न खोजे । तर सभामुखले सबै कार्यसूची रद्द गर्दै संसद बैठक सकिएको घोषणा गरिदिए । तथापी संसदमा बोल्न नपाएका गगन थापाले तत्कालै रविलाई काउन्टर जवाफ दिन पत्रकार सम्मेलन गरे । रविले आफुसँग रवि लामिछानेले एक करोड ऋण लिएकोदेखि, आफै हस्ताक्षर गरेको निवेदन रहेकोसम्म दाबी गरे ।

दुई महिनासम्मको संघर्षपछि बोलेका रविले नयाँ तथ्य र आफुलाई निर्दाेष प्रमाणित गर्ने एउटै बिषयको उजागर गर्न भने असफल भएका छन् । विगतमा सामाजिक सञ्जाल र सञ्चारमाध्यमको बुमअघि दिँदै आएको प्रतिक्रियाभन्दा माथिको जवाफ देखिएन । भित्रको भडास पोखेर मन शान्त पार्न सफल भएपनि तथ्यले कुनै पनि आरोपलाई चिर्न सकेनन् । काँग्रेसमाथि व्यापक खनिएका र काँग्रेस नेता जोडिएका एकएक काण्डबारे बोलेका रविले भर्खरै अदालतले प्रमाणित गरेको गिरीबन्धुका बारे चुइक्क बोल्न चाहेनन् । त्यतिमात्रै होइन कि, सत्तापक्ष जोडिएकै कुनै काण्डबारे बोल्न चाहेनन् । मात्र आफुमाथि छानबिन भए सबैमाथि छानबिन हुनुपर्ने कुरालाई जोड दिए । पुरानाले छुट पाए आफुलाई पनि छुट हुनुपर्ने मक्सद रविको देखियो । बरु उनको स्पष्टिकरण आरोप र प्रश्न उठ्न बित्तिकै कारबाहीको दायरामा ल्याउनुपर्छ भन्ने विगतको आफ्नै अडानका खिलाप देखियो ।

तथापी सहकारीका विषयमा छानबिन समिति बन्ने लगभग पक्का बन्दैछ । प्रधानमन्त्री प्रचण्डकै बलमा रविमाथि छानबिन समिति बनाउन कार्यदल गठन भएपछि रविबारे छानबिन समिति बन्नै हुँदैन भनेका ओली चुप छन् । यसले राजनीतिक समीकरण फेरबदलको जोखिम बढाएको विश्लेषण हुन थालेका छ । तथापी काँग्रेसले रविकै नाम किटेर छानबिन समिति बनाउनुपर्छ भन्ने अड्डी कसेपछि सहमति जुटेको छैन । बरु रवि तत्कालिन एमडी रहेको गोर्खा मिडियाको नाम किटेर छानबिन गर्नुपर्ने सहमति बन्दैछ ।
योहो टेलिभिजनका लागि सन्तोष विके थापा, काठमाडौं।