Breaking

देउवा नै भिड्न तम्सिएपछि प्रचण्ड व्याक, ओली अझै नोकझोकमै, उपेन्द्रपछि माधवले सत्ता छोड्दै (भिडियोसहित)


काठमाडौँ— संसदको सबैभन्दा ठुलो दल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकार विरुद्ध थप आक्रमक बनेको छ । झन्डै साढे दुई महिनादेखि सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति माग गरेको कांग्रेसको बटम लाईन अहिले पनि कायम छ । कांग्रेस सहकारी प्रकरणसँगै गिरीबन्धु जग्गा प्रकरणले थप हौसिएको छ । सडकदेखि सदनसम्म सरकार विरुद्ध घेराबन्दीमा उत्रिएको कांग्रेसको अबको रणनीति के छ त?
संसदको सबैभन्दा ठुलो प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस झन्डै तीन महिनादेखि लगातार उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध खनिरहेको छ । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेमाथी छानविन गर्न संसदीय छानविन समितिको माग गरेको कांग्रेस अझै थोकेको छैन । बरु थप आक्रामक रुपमा प्रस्तुत हुँदैछ । सडक तताएर सदन छेडेको कांग्रेसले विहीबार रवि छेक्न घेराबन्दी गरेको दृश्यले पनि कांग्रेस मथ्थर नभई यो विषयलाई चर्काएर लाने मनस्थितीमा देखिन्छ ।

छानविन समिति बटमलाईन बनाएर कांग्रेस सडकदेखि सदनसम्म सरकार विरुद्ध विरुद्ध शक्ति प्रर्दशन गरिरहेको छ । कांग्रेसको अडानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लचिलो भए पनि के.पी शर्मा ओली र रवि लामिछाने टसमस भएका छैनन् फलतः विहीबार संसदमा धनराज गुरुङले धन्नधन्न केपी ओलीको नाक माथि मुड्की पुर्याए ।
धक्कामुक्काकै शैलीमा प्रस्तुत भएको कांग्रेस कुनै पनि हालतमा पछि हट्ने पक्षमा छैन । सभामुखले सदन खुलाउन हारगुहार नै गरेपनि कांग्रेसको दाल गलेको छैन । रविलाई लखेट्दा लखेट्दै गिरीबन्धु टि स्टेट प्रकरणमा सवोच्च अदालतको फैसालाले नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओली डामेपछि सरकार विरुद्धको घेराबन्दीमा कांग्रेस थप कस्सिएको छ । कांग्रेस अहिले गिरीबन्धुको मुद्धा स्थापित गर्दै ०८४ को चुनावसम्मै ओली लपेट्ने रणनीतिक दाउमा छ । विगतमा गुटगत राजनीतिले छिन्नभिन्न कांग्रेस अहिले ओली–रविलाई ठेगान लगाउन एउटै कित्तामा उभिएको छ ।

रवि विरुद्ध महामन्त्री गगन थापा विश्वप्रकाश शर्मादेखि दोस्रो तहका नेताहरु निरन्तर भिड्दै आएका बेला गिरीबन्धु प्रकरणमा ओली–देउवा नै आमने सामाने भएका छन । यो सबै परिदृश्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कांग्रेस नरम ढंगले प्रस्तुत भई रहेको छ भने प्रचण्ड पनि कांग्रेससँग लचक छन । प्रचण्ड र ओली नजिक छन तर रवि ओली एक मुख छन । प्रचण्ड अलग ढंगले प्रस्तुत भईरहँदा फेरी देउवा–प्रचण्ड एक ठाउँमा उभिने शंका कायम छ । तर यो पटक कांग्रेस धोकेवाज प्रचण्ड बोक्ने पक्षमा छैन । प्रचण्डले दोस्रो पटक धोका दिएपछि ओली बोक्न तयार झैं देखिएको कांग्रेस अब अरुलाई बुई चढाएर नेतृत्वमा पु¥याउने पक्षमा छैन । कांग्रेस विपक्षी मोर्चाको नेतृत्व गर्न जुटेको छ । कांग्रेसले राप्रपा, जसपा नेपाल, जनमत, लोसपा सहित विपक्षी कित्तामा रहेका दलहरुसँग छलफल गर्दै सरकारविरुद्ध मोर्चाबन्दी कसेको छ । मधेशमा मुख्यमन्त्री बटमलाईन बनाउँदै आएका सिके राउतलाई मुख्यमन्त्री दिएर सरकार गठनको रणनीतिमा कांग्रेस लागेको छ । माधव नेपाल मनाएर सुदुरपश्चिम सहितका प्रदेशमासरकार गठनको रणनीति बनाउन छलफल नै सुरु गरिसकेको छ । पार्टी विभाजनपछि अदालत पुगेका उपेन्द्र यादवको फैसलामा समेत कांग्रेसले आफ्नो भविष्य खोज्न थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मत र बजेटमा कांग्रेस प्रचण्डलाई पाखा लगाउने दाउमा छ।

विरोधदेखि प्रदेशमा विकल्प विछउने रणनीति सहित अघि बढिरहेको कांग्रेस यहि रणनीतिमा अडिग रहला या, नयाँ रणनीति बुन्ला त्यो ७ गते प्रधानमन्त्री प्रचण्डको विश्वासको मतपछि नै थाहाहुनु राजनीतिका जानकार हरुको दाबी छ । तथापी प्रचण्डको अर्को उथलपुथलमा कांग्रेसको साथ मिले अनौठो मान्नु नपर्ने एकाथरीको बुझाईछ । सहकारी र गिरीबन्धुलाई मुख्य एजेन्डा बनाएर विरोध गरेरै सरकारलाई घुँडा टेकाउने र विपक्षी दलको बलमा आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न पेलेरै लागेको कांग्रेस कति सफल हुन्छ त्यो भने कुर्नुको विकल्प छैन ।