Breaking

शीर्ष नेताहरुको निर्णय कुर्दै सभामुख र सचेतकहरु


काठमाडौँ – प्रतिनिधि सभाको बैठक निर्धारित समयमा सुरु हुन सकेको छैन ।

बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक बोलाइएको थियो । तर, दलहरु आन्तरिक र दुईपक्षीय छलफलमा रहेका कारण प्रतिनिधि सभाको बैठक प्रभावित भएको हो ।
नयाँबानेश्वरस्थित संसद भवनमै विपक्षी दलहरु छलफलमा छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी सहितका विपक्षी दलहरु नयाँबानेश्वरमा छलफलमा छन् ।

यही बेला सत्तारुढ दलमा आवद्ध दलका शीर्ष नेताहरु पनि छलफलमा जुटेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेबीच सिंहदरवारमा छलफल जारी छ ।


सत्तापक्ष र विपक्षी दलहरुको छुट्टाछुट्टै छलफल चलिरहेका कारण प्रतिनिधि सभाको बैठक अगाडि बढाउने सन्दर्भमा प्रतिनिधि सभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले निर्णय लिन सकिरहेको छैन ।

सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरिरहेका छन् । शीर्ष नेताहरुको निर्णय प्राप्त भएपछि प्रतिनिधि सभा कसरी अगाडि बढाउने भन्ने विषय तय हुन्छ । सभामुख घिमिरे र सचेतकहरु शीर्ष नेताहरुको निर्णय कुरिरहेका छन् ।