Breaking

ओली–देउवा भिड्दा प्रचण्ड ढुक्क, रविमाथि पनि पासो, कांग्रेसलाई गृहबाटै काउन्टर दिँदै रवि


सत्तारुढ ठूलो दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच बढ्दो तिक्तताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बलियो बन्न थालेका छन् । वैकल्पिक समीकरणका लागि आफ्नो उपस्थिति अनिवार्य बन्नुले उनको हौसला बढ्दा एमालेको डरमासमेत खेल्ने अवसर उनलाई छ । जहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुरु भएको कांग्रेसको खेदाई एमालेतर्फ अघि बढ्दा यही गन्जागोललाई देखाएर सरकार काम नगरे पनि आलोचनाबाट समेत बचिरहेको छ ।

सत्ता गठबन्धन फुटाँउदै वैकल्पिक समीकरणको आशा देखिरहेको नेपाली कांग्रेसको प्रहारबाट बचेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फाइदै फाइदामा छन् । ठूला दलहरुबीच दरार बढ्दो छ भने उनीहरु मिलेर आफू किनाराकृत हुनु पर्ने उनको डर पर भागिसकेको छ । त्यस्तै यही दाउँपेचमा खेलेर प्रधानमन्त्री बन्ने माधवकुमार नेपालको सम्भावना क्षीण बन्दा वैकल्पिक समीकरणका लागि माओवादी नै अब निर्णायक बनेको छ । मुख्य कुरा त प्रचण्डमाथि घेराबन्दी गर्दै आएको एमालेसमेत कांग्रेसको प्रहारमा पर्न थालेको छ भने रवि लामिछानेमाथि छानविन नै भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता नछाड्ने अवस्था बनेको छ । यसले हौसिएका उनले कांग्रेस देखाएर एमालेलाई धम्काउने बाटो पाएका छन् भने आवश्यकता अनुसार खुट्टा उचाल्न पाउने अवसरसमेत बनेको छ ।


यता जो सुकै बोकेर भएपनि उनलाई सबक सिकाउने कांग्रेसको ईगोमा पानी खनिदा प्रचण्डले नै नचाहे गठबन्धन नफुट्ने र उनले नै नचाहे नयाँ सत्ता समीकरण नबन्ने अवस्थाकै कारण कांग्रेस उनैलाई फकाइरहेको छ । यता जसपा फुटेपछि तर्सिएको नेकपा एकीकृत समाजवादी पनि अहिले साइजमा आएको छ । पल्लो घरको छानामा पुग्ने ग्यारेन्टी नभई हामफाल्न नसकिने उसको निष्कर्षले प्रचण्डले माधवलाई जता चाह्यो त्यतै चलाउने अवसर पाएका छन् । यही कारण उनले कांग्रेसका नेताहरुसँगको छलफलमा छानबिन समिति बनाउन सकिने संकेत पनि गरेका छन् भने एमाले त्यसको बाधक भएको भन्दै बचाउसमेत गरेका छन् । जसलाई माओवादीका नेताहरु यो गठबन्धन दह्रो हुने आधारका रुपमा हेर्छन् भने ठूला दल एक ठाँउमा उभिन सक्ने सम्भावना सकिएको रुपमासमेत व्याख्या गर्छन् ।

हुन त गाठो फुक्न नदिएर प्रचण्डको साइज सन्तुलनमा राख्ने काममा ओली लागि नै परिरहेका छन् । तर गिरीबन्धु टी इस्टेटमा अदालतले गरेको फैसलालाई समेत कांग्रेसले अब एजेण्डा बनाउने भएको छ । जसले निष्कर्षमै नपुगे पनि कम्तिमा ओलीको तेजोबध गर्ने राजनीतिक अस्त्रका रुपमा भने काम गर्ने छ । त्यस्तै काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह जस्ता व्यक्तिले नै यो विषयलाई छताछुल्ल पार्दा डाकाले निलेकै भरमा ओलीले पार पाउन सक्ने अवस्था छैन । यसले एउटा हातमा रास्वपा र अर्को हातमा ओलीको घाटीको डोरी प्रचण्डले तानेको दृश्यकै झल्को दिँदैछ ।

त्योभन्दा पनि आफ्नो भागको प्रधानमन्त्री बन्नुपर्ने कार्यकालको अन्त्यमा रहेका उनले म्याद थप्न जुनसुकै रिस्क लिन सक्ने फाइदा समेत छ । जुन उथलपुथल गर्ने वा घेराबन्दी भए लात हान्ने उनको रणनीतिमै समेटिने हुँदा जिस्काई हाल्न बाघ बनेका ओलीलेसमेत सक्दैनन् । जहाँ यही बहानाले काम नगरे पनि त्यतातर्फ कसैको ध्यान नजाँदा काम नगरे पनि भन्ने बहाना प्रचण्डले पाएका छन् । जसको क्षपि फेरि घुमिफिरि काम गर्न गएको भन्ने रास्वपामै परिरहेको छ । त्यस्तै काउन्टर आक्रमणको तयारीमा रास्वपा लाग्दासमेत त्यसलेसमेत प्रचण्डलाई नै फाइदा पुग्नेछ ।

हुन त योबीचमा उपनिर्वाचको मत परिणामले ओली अलि बढी नै हौसिएका थिए । उनी न त नयाँसँग न त पहिचानवादीसँग न त पुरानैसँग कोहिसँग नडराउने बताँउदै आएका छन् । तर निर्णायक अंक रहेको प्रमाणित गरेको माओवादीले पनि सत्ता पाए यस्ता कुरालाई पचाउने संकेत गर्यो । जहाँ जसपा फुटाउनेदेखि रेशम चौधरीका बुढाबुढी लडाउनेसम्म गरेका प्रचण्डले एउटा खतरा टारे । त्यस्तै आक्रामक रहेको रविले पार्टी नै सकाउन लाग्दा कांग्रेसको सहकारी मुद्दाले त्यसलाई सहज बनायो भने यही बेला देउवासँग सम्बन्ध सुधारे । अब उनी बाँकी कार्यकालको सुनिश्चितताको खोजीमा लाग्दा एमालेको मिसन ८४ कै लागि प्रयोग हुन नहुनेमा सचेत छन् । जुन अहिलेकै अवस्था विकसित भए ईपीसेन्टर बनेका प्रचण्डका लागि सहज बन्दै गएको छ ।