Breaking

प्रचण्डको सत्ताका लागि रवि बन्धकी, गृह छोडे पक्राउ पर्ने डर, नछोडे कांग्रेसले घाँटी समात्ने (भिडियोसहित)


काठमाडौँ— राजनीतिमा उदाएको एक वर्ष बित्न नपाउँदै आशाको संचारसहित सदनमा २१ सिटको हैसियत बनाएको रास्वपा अहिले दोस्रो पटक सत्ता समीकरणमा छ । तर पार्टीको नेतृत्व गरेका सभापति रवि लामिछाने नै सहकारी प्रकरणमा मुछिएर राष्ट्रिय मुद्धा नै बनिसक्दा समेत रास्वपाले निकाश खोज्न सकेको छैन् ।।

सडक होस् कि सदन चिया पसल होस कि चौतारो, सबैको लागि गपिस विषय बन्दैछन् गहृमन्त्री रवि लामिछाने । शहरको राजनीतिमा मात्रै हैन, गाउँघरको मझेरीमा समेत रवि र जीबीको चर्चा छ । यसको मूख्य कारण सहकारी घोटला प्रकरण हो । सहकारी घोटलामा रवि मुछिएका हुन कि होईनन् भन्ने तर्क वितर्क अहिले जनजनमा छ । शुभेच्छुकले आरोप लगाएको दाबी गर्दा अर्को तप्काले भने संलग्नता अस्विकार गर्न सकेको छैन । जुन कुरा तथ्यले समेत पुष्टि गरेको छ।

समीकरण फेरिएर लामिछाने गृहमन्त्री भए देखिनै उनीमाथि छानविन हुनु पर्ने कांग्रेसको एकमात्र बटमलाईन छ । कांग्रेसले सहकारी घोटालामा गृहमन्त्री लामिछानेको संलग्नता भएको कागजी तथ्यमात्र देखाएको छैन, शतप्रतिशत दाबी गरेको छ । अझ कांग्रेस महामन्त्री गगन थापालेत एक कदम अघि बढेर,आफ्नो राजनीतिक भविष्य नै दाऊमा लगाएका छन् । रवि जोगाउन सरकारी अड्डा भित्रको चलखेलले पनि दालमा केही कालो छ भन्ने संकेत गर्छ ।

महान्याधिवक्ताको कार्यालयले नै गृहमन्त्री लामिछानेको बचाउमा लेखेको पत्र अहिले विवादमा परेको छ । त्यसोत सीआबीईले नै उनको संलग्नता भएको प्रमाण लुकाएको विषयसमेत अहिले छताछुल्ल भएको छ । पोखराको सुर्यदर्शन र बुटवलको सुप्रिम सहकारीबाट ऋण लिएको प्रहरी अनुसन्धानबाटै देखिएको छ । तर यति हुँदा पनि गृहमन्त्री लामिछानेले यसले स्विकारेका छैनन् ।

उनी दोषि वा, निर्दोष भन्ने कुराको लेखाजोखा थप तथ्य र अनुसन्धानबाट खुल्ला तर
तर राजनीतिक रुपमा हेर्दा भने सभापतिमाथि लागेको आरोपले रास्वपाका नेताहरु नै विभाजित भएका छन् । पटकपटक प्रश्न उठ्दा पनि सत्ताकै निम्ति रास्वपाले मरिहत्ते गरेको गलत सन्देश गइरहेको छ । कांग्रेसले लामिछानेलाई प्रश्न उठाएकै भरमा सत्ता समीकरण फेर्न खोजेको एमालेको आरोप छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लामिछानेलाई पछि हटाएर निकाश दिने रणनीतिमा छन् । तर अहिले गठबन्धनको सत्ता राजनीतिमा लामिछानेको भने बदनामी भइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले लामिछानेको बचाउँ गर्दै काँध हालेको विषयले राजनीतिक स्वार्थ लुकेको प्रष्ट देखिन्छ ।

रास्वपा र रवि लामिछाने तयार हुँदा पनि गठबन्धनका अन्य दल सत्ता स्वार्थमा लागेपछि अहिले गृहमन्त्री लामिछाने र कांग्रेसको भिडन्त उत्कर्षमा पुग्दा पनि समाधानको सट्टा यो मुद्धा सडकसम्मै पुर्याउन खोजे जस्तो देखिन्छ । ओली र सभामुख देवराज घिमिरेको राजनीतिक शैलीका कारण गृहमन्त्री लामिछानेलाई रोक लगाएको कांग्रेस अहिले थप सशक्त ढङ्गले अगाडि बढ्दै गृहमन्त्री दोषि भएको रटान नै लगाइरहेको छ ।

गृहमन्त्री आफूमाथि लागेको आरोप चिर्न ओठे जवाफ मात्रै फर्काएर बस्दा अहिले उनको बोली उनैलाई भारी परिरहेको छ । जीवी राईलाई आकाशपतालबाटै पक्रिन्छु भनेका उनी अहिले अघिल्लो सरकारले भगाएको तर्क गरिरहेका छन् । त्यतिमात्रै होइन संसदीय राजनीतिको अभ्यास नबुझको रास्वपा कांग्रेस र एमालेको भिडन्तमा च्यापिएको छ । जहाँ शुक्रवारको संसद् बैठकमा गृहमन्त्री बोल्ने विषयमा समेत सभामूखले सहमति नजुटाई बैठक राखेर कांग्रेसको नाराबाजीबीच गृहमन्त्रीलाई लज्जित बनाए । तर गृहमन्त्री भने अहिले पनि राजनैतिक समाधान खोज्न न गठबन्धनभीत्र पहल गरिरहेका छन् न विरोधमा उत्रिएको कांग्रेससँग संवाद नै गर्न सकिरहेका छन् । अझ उनी सस्तो लोकप्रियताको अभिव्यक्तिमै रुमलिरहेकाछन् ।

शेरबहादुर देउवा, प्रचण्ड र ओलीको विकल्पको रुपमा जनतालाई परिभाषित गर्न सफल भएका रवि लामिछाने अहिले सत्ताको राजनीतिको चेपुवामा छन् । आफूमाथि लागेको सामान्य छानबिनको माग ठूला दलले राजनीतिक मुद्धा बनाउँदा समेत उनी ठूला दलको दलदलमा फसेका छन् । अहिले गृहमन्त्री लामिछाने दोधारमा छन् । छानबिन समति गठन भए नैतिकताको आधारमा राजीनामा दिनुपर्ने, गठबन्धनमा असन्तुष्टि जनाएर छोड्दा यही सरकारले आफूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउने डर पनि उनीमा देखिन्छ । तर राजनीतिक विश्लेषक भने यो दलदलमा फस्नु भन्दा लामिछानेले सभापति र गृहमन्त्रीबाट राजनीनामा दिई ८४ को विकल्पको शक्ति बन्न तर्फ उन्मुख हुनुपर्ने तर्क गर्छन ।

सत्तामा जाने जनमत नहुँदा नहुँदै दोस्रो पटक सत्ता यात्रा गरेको रास्वपा अहिले दोधारमा छ । सदनकै ठूलो दल कँंग्रेसको मुद्धा प्रधानमन्त्रीले लत्याउन नसकने राजनीति समेत रास्वपाले हेक्का नपाए जस्तो देखिन्छ । यता राजनीतिक र कुटनीटिक चाल सँगै चाल्ने देउवा, प्रचण्ड र ओलीको सत्ता चेपुवामा मात्र गृहमन्त्री लामिछाने परेका छैनन् । उनीमाथि प्रश्न र आरोपको चाङ हुँदा पनि प्रधानमन्त्रीका सत्ता बन्धकी बनेको टिप्पणी समेत राजनीतिमा हुन थालेको छ । तर जेठ १५ अघि नै रास्वपाले यो भूमरीबाट आफूलाई सुरक्षित गर्छ कि अझ धेरै चपेटामा लपेटिन्छ, त्यो त उसको आगामी दिनमा अपनाउने राजनीतिक निर्णयबाटै निक्र्यौल होला ।।