Breaking

च्यापिए प्रचण्ड, ओलीले पेल्ने, देउवाले ठोक्ने, रिसले माधव र उपेन्द्र चुर, सत्ता ढाल्न रवि अस्त्र काफि (भिडियोसहित)


काठमाडौँ- जस्तोसुकै उथलपुथल गरेर भए पनि पाँचै वर्ष सत्ता टिकाउने भन्दै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारैतिरबाट अप्ठ्यारोमा परेका छन् । आन्तरिक राजनीतिको टसलले चेपुवामा परेका प्रधानमन्त्री आर्थिक र भूराजनीतिमा देखिएको कदमले पनि दबावमा छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले सदनलाई नाटक मञ्च बनाउँदा रमिते बनेका छन् । प्रमुख प्रतिपक्षी दल कांग्रेस र गृहमन्त्री रवि लामिछानेको चर्तिकलाले संसद् नै बन्धक हुँदा पनि धुम्धुम्ति नियाली रहेका प्रधानमन्त्री राजनीतिक पेलानको चपेटामा छन् । सत्ता गठबन्धनकै सबैभन्दा ठूलो दल नेकपा एमाले रविको पक्षमा उभिँदा कांग्रेसको संसदीय छानविन समिति बनाउने मागलाई प्रचण्डले सम्बोधन गर्न सकेका छैनन् । सहकारी ठगीको विषयलाई लिएर कांग्रेसले निरन्तर सदन अवरोध गर्दै आइरहे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चिढ्याएर समाधानको बाटो रोज्न सक्ने हैसियतमा उनी देखिदैनन् । ओली र रविकै भरमा कांग्रेससँगको गठबन्धनलाई तोडेर सरकार लम्ब्याउने रणनीति बुनेका प्रचण्ड कोही कसैलाई असन्तुष्ट बनाए सत्ता धरापमा पर्ने डरले मौन बस्न बाध्य छन् ।

ओली र रविलाई मनाउन नै सकस जेलिरहेका प्रचण्डलाई यही जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता छ । अहिलेको यही टसलकै कारण समाधान बिना बजेट पास हुने सम्भावन ज्यादै न्यून छ । इद्यपी सदन छल्दै प्रतिपक्षीलाई लत्याएर अध्यादेशबाट बजेट पास गर्ने चोर बाटो भए पनि त्यसले प्रधानमन्त्रीमाथि नै ठूलो प्रश्न आउने छ । बजेट पासको टाउको दुखाई एकातर्फ हुँदा अर्कातिर भर्खरै फुटेको जनता समाजवादी मध्ये कसलाई रोज्नेमा पनि प्रचण्ड दुविधामा छन् । ओली अशोक राईलाई उपप्रधान दिन तयार भईरहँदा प्रचण्ड उपेन्द्र यादवलाई गुमाउन चाहँदैनन् । दुवैसँग सहकार्य गरेर जाँदा मन्त्री परिषद्मा उपप्रधानमन्त्रीको जत्था नै निर्माण हुने परिस्थिति खडा हुदैछ ।

ओलीको पेलान र अडानमा नेपालको एक सयको नोटमा चुच्चे नक्सा अङ्कित प्रचलनमा ल्याउने निर्णयले पनि प्रचण्ड भूराजनीतिक दबावमा परेका छन् । प्रचण्ड नेतृत्व मन्त्रीपरिषद्को निर्णयलाइ भारतीय विदेशमन्त्रीले ठाडै अस्वीकार गर्दा दक्षिण छिमेकीलाई कम्फटेबल बनाउनु पर्छ भत्रे प्रचण्ड देखि भारत रुष्ट बनेको छ । यता प्रदेशमा सरकार सुनिश्चितताका लागि कोशी र गण्डकीमा संविधान विपरीत कमद चालेकोमा पनि प्रचण्डमाथि दाग लागेको छ । राजनीतिक गञ्जागोलमा नै रुमल्लिरहेका प्रचण्डले अन्य डेलिभरीको काममा त सोच्ने फुर्सद नै पाएका छैनन् ।

सरकार सञ्चालनका लागि पाँच दल मिलेर गठबन्धन बने पनि एजेण्डामा सबै पार्टीको फरक फरक मत देखिन्छ । प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा त बसेका छन् तर, उथलपुथल गरेरै भए पनि पाँच वर्ष सत्ता टिकाउनमा नै उनको ध्यान केन्द्रीत हुँदा सकस अझै बढेको छ । कांग्रेले रवि माथि निरन्तर प्रहार गरेर सत्ताच्यूत गराउने र रवि बाहीरिए तासको घर जस्तै अहिलेको सरकार ग¥याल गुलुम्म ढल्ने योजनामा लागेको देखिन्छ । फलतः रवि बाहीरिए ०८४ को चुनौती कम हुने अर्को दाउँमा कंग्रेस छ ।