Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

गण्डकीका मुख्यमन्त्रीले पाए विश्वासको मत, सभामुखलाई देखाइयो कालोझण्डा


गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई सभामुख कृष्ण धितालले विश्वासको मत दिएका छन् ।

आइतबार प्रदेशसभामा पेश विश्वासको मतसम्बन्धी प्रस्तावमा आफूले मत दिएपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरे ।

यस्तै, गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताललाई संसद् बैठकमै कालोझण्डा देखाइएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा कांग्रेस सांसदहरूले सभामुखलाई कालोझण्डा देखाएका हुन् ।

सभामुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेको भन्दै कांग्रेस सांसदहरूले कालोझण्डा देखाएर विरोध गरेका हुन् ।