Breaking

कसैलाई गन्दैनन् ओली, बालेनमाथि विष बमन, माधवलाई मान्छे गन्दैनन्, प्रचण्ड बोल्न नसक्ने भए


काठमाडौँ— सत्ताविहीनता र पार्टीभित्रै बढेको घेराबन्दीले ‘किन चाउरिस मरिच, आफ्नै रागले’ भन्ने स्थितिमा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीको अहमता फेरि बढेको छ । इलाम–२ को उपनिर्वाचनले नयाँको पनि विकल्प र पुरानामध्ये पनि ठूलो भएको भन्दै हौसिएका उनी बोलीबोलीमा प्रहार गर्न थालेका छन् । जुन आफ्नै दलका नेतादेखि सहयात्री दल र हिजो विद्रोह गर्न उक्साएका विपक्षी दलका नेताहरुसम्म छ ।

आफ्नो गैरसंवैधानिक कदमले भित्तामा पुगेका तथा प्रत्येक अस्त्रहरु फेल खाएर कमजोर सावित भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अहमताले शिखर चुम्न थालेको छ । विगतका साढे ३ वर्ष संसद विघटनको औचित्य पुष्टि गराउन लागि परेका उनी अधिकांश समय प्रतिपक्षी नै बनेका थिए । बीचमा माओवादीलाई बोकेर २ महिना सत्तारोहण गरे पनि ओलीकै प्रवृत्तिले प्रतिपक्षमा पुगेको एमालेमा प्रदेश अधिवेशनका बेला उनको विकल्प खोजिएको चर्चा नै सुरु भयो । जसको भय कम गर्न कहिले काला जुंगा उम्रिन थालेको त कहिले २० वर्ष कसैले चुनौती दिन नसक्ने बताएका उनी पार्टीलाई सुदृढ गर्न भने असफल थिए । त्यही समयमा विकल्प भन्दै नयाँ पार्टीले बढाएको दबदबा र आफैँले थालेको ग्रासरुढ जस्ता अभियानले परिणाम नदिँदा गठबन्धन टुटाउनसमेत उनी सफल भएनन् ।

त्यसका लागि कांग्रेसको इतर पक्ष डा.शेखर कोइरालालाई कोशीमा विद्रोह गर्न उक्साउनेदेखि ठूला दल एक ठाँउमा उभिनुपर्ने बहससमेत चलाए । तर त्यसले पनि सफलता प्राप्त नगरेका उनले अन्ततः गाली गरेकै पुष्पकमल दाहाल प्रचण्डलाई बोके भने नाम सुन्नासाथ कुल्ला गर्ने भनिएका माधवकुमार नेपाललाई कोटेश्वरमै पुगेर फकाए । त्यतिमात्र नभएर वाम एकतासम्मको हौवा फैलाएका उनले अरुले खोजेको भागसमेत दिनसम्म तयार भए । तर परिस्थिति आफू अनुकूल बनेपछि घेराबन्दी बढाँउदै लगेका उनी इलाम २ र बझाङ प्रदेशसभा १ को विजयले हौसिएका छन् । फलतः १५ दिनको मौनता तोडेका उनले इलाम मै पुगेर पहिचानवादीलाई धावा बोलेका छन् । कुनै जाति, कुनै व्यक्ति, कुनै थर विशेष आदिको पहिचानको कुरा प्रदेशको नाम नभएको बताएका उनले आफूहरूले सप्तरङ्गी इन्द्रेणी समाज र साझा फुलबारीको परिकल्पना गरेको बताए । यही जितका कारण एमाले पहिलो शक्तिको रुपमा उभिएको भाष्य निर्माण गर्न उनी लागि पर्दा आगामी चुनाव एक्लै लड्ने हैसियतमा पार्टी रहेको प्रमाण भएको भन्दै नेताहरुले अभिव्यक्ति नै दिन थालेका छन् ।

ओलीको अहमता यतिमै सीमित छैन । हिजोबाटै समाजवादी मोर्चालाई बेवास्ता गरेका उनी आफैँले फकाएका माधवलाई गाली गर्न थालिसकेका छन् । त्यस्तै आफैँले उकासेका शेखर कोइराला बालकोटको ढोकामै पुग्दासमेत कोशीको गन्जागोलबारे केही नबोलेका उनी प्रचण्डलाई त यसै पेल्न सकिने मनस्थितिमा देखिन्छन् । त्यस्तै नयाँमाथि प्रश्न उठेको भन्दै सुरु भएको नयाँ बहसले ठूलो सास फेर्दै सुहाङलाई दिएको टिकटले एमालेभित्रको पुस्तान्तरणकै रुपमा अर्थाएका छन् । तर कसैलाई यतिधेरै काखी च्याप्दा डा.भीम रावल जस्ता नेतालाई किनाराकृत गर्नुको औचित्य पुष्टि गर्न नसकेका उनले आगामी दिनमा युवामय एमाले बनाउने बताउँन थालेका छन् । जुन तल्लो तहमा युवा र माथि आफू केन्द्रीत नेतृत्व विकासको ढाँचाका रुपमा हेरिँदा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई समेत गाली गर्न भ्याए । नयाँ अब केही होइन भन्ने जस्तो बुझाईमा रहेको संकेत गर्दै उनले सुकुम्बासीको विषयमा बालेन्द्रलाई नै राम्रै प्रहार गर्न भ्याए । जसले केही समय किन चाउरिस मरिच आफ्नै रागले भन्ने स्थितिमा पुगेका उनी अब पार्टीभित्रकै नेता न सहयात्री न विपक्षी कसैलाई पनि नसुन्ने बाटोमै पुगेको संकेत मिलेको छ ।

तर ओलीले अझै पनि बुझ्नु पर्ने के छ भने माओवादीले छोडे भित्तामै पुग्ने अवस्था छ । इलामको जितमासमेत माओवादी नै निर्णायक बन्दा पनि एमालेको विगतको भन्दा मत घटेको छ । त्यस्तै युवाकै मात्रै रटान लगाए पार्टीभित्रैबाट उनीविरुद्ध घेराबन्दी सुरु हुने अर्को खतरा रहँदा वाम एकता नगर्ने तर गठबन्धनकै भरमा मत दिइरहनुपर्ने अवस्थालाई कम्युनिस्टका शुभचिन्तक मतदाताले सधैँ स्वीकार्लान् भन्न सकिँदैन । त्योभन्दा मुख्य कुरा त केही नलागे कांग्रेससँगै मिल्ने बाटो भएको उनको विश्वासमा जसलाई पनि प्रयोग गर्दा नरम हुने र पालो पाएपछि ठोक्ने उनको शैलीले धोका नदेला भन्न सकिँदैन ।