Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

इलामको उपनिर्वाचन अनुगमनमा उच्च सुरक्षा अधिकारीहरू


काठमाडौँ – उपनिर्वाचनलाई लक्षित गरी उच्चपदस्थ सुरक्षा अधिकारीहरु इलाम आइपुगेका छन् ।

नेपाल प्रहरीको कोशी प्रदेश कार्यालयबाट प्रहरी नायब महानिरीक्षक (डीआइजी) चन्द्र कुवेर खापुङ र प्रहरी उपरिक्षक (एसपी) भीम दहाल, सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआइजी) अन्जनी कुमार पोखरेल, २१ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी (ब्रिगेडियर जनरल) युवधिर मान सिं अधिकारीको टोलीले अनुगमन गरेको हो ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, इलाम जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बासुदेव खतिवडा, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी), राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक तुलसी राम प्रसाईं, रणसार्दुल गण इलामका गणपति प्रल्हाद घलेसहित उच्च अधिकारीहरुको टोलीले इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसको क, ख र ग केन्द्रहरुको अनुगमन गरेको छ ।

प्रहरी नायब महानिरीक्षक खापुङका अनुसार इलामको देउमाईस्थित केही मतदान केन्द्रको समेत अनुगमन गर्ने कार्यतालिका रहेको छ ।

अनुगमनका क्रममा हालसम्म शान्तिपूर्ण रुपमा निर्वाचन सञ्चालन भएको खापुङले बताए ।