Breaking

प्रचण्डलाई संकट निम्त्याउँदै ओली, माधवलाई गठबन्धनबाट हटाउने खेल, रवि निर्णायक


काठमाडौँ – सत्तागठबन्धनको ठूलो दल नेकपा एमालेले वामधुव्रीकरण लाफदायक नहुने निष्कर्ष निकालेको छ । जहाँ प्रधानमन्त्री प्रचण्ड पनि हौसिएर एकता गर्न नहुने निष्कर्षमा पुगेका छन् । जहाँ नेकपा विभाजनको दोष आफूबाट पन्छाएका ओलीले त्यसमा प्रचण्ड माधवलाई मुछीरहेका छन् । यता नेकपा एकीकृत समाजवादीले पनि यो गबठन्धनले धोका दिएको भन्दै भविष्यमाथि प्रश्न नै उठाएको छ । तर माओवादीलाई भने किन टासिरहनुपर्ने अवस्था आईपर्यो त ?

ललितपुरको गोदावरीमा आफ्ना नेता कार्यकर्ता उतारेर पार्टिको होलबडी चेक गरेको एमाले आफ्नो बाटोबारे स्पष्ट रुपमा अघि बढेको छ । यहि भेलाबाट उसले वामपन्थी एकता फलदायी नहुने निष्कर्ष निकालेको छ भने माओवादीसँग तत्काल पार्टी एकताको सम्भावना भने नरहेको स्पष्ट पा¥यो । अझै अघि बढेर माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएको विगतको नीतिप्रति निर्मम देखिएको यो पार्टिले उनै सक्रियतामा बनेको गठबन्धनको सरकारको समयलाई अधोगतिको ३ बर्ष भन्न भ्यायो । एमालेलाई नै बलियो बनाउनुपर्ने अध्यक्ष केपी शर्मा ओलीले प्रष्ट पार्दा उनले तत्कालिन नेकपा विभाजन देखि संसद विघटनसम्म आत्मआलोचना गरेनन् ।

वर्तमान गठबन्धन विगत नसम्झिई अघि बढ्ने सहमती भएको चर्चाकाबीच ओलीले प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राम्ररी नै शब्दको धुलाई हाने । प्रचण्ड र माधव नेपालले गल्ती गरेको स्पष्टसँग उल्लेख गरिएको राजनीतिक प्रतिवेदन प्रचण्डको विचारभन्दा ठ्याक्कै उल्टो देखिदाँ एमालेसंगैको समिकरण गरेका उनले विगतमा कांग्रेसलाई सत्तामा लानका लागि गरेको तर्कको औचित्य के हो भन्ने प्रश्न समेत यसले उब्जाएको छ । तर प्रचण्ड भने हिरक महोत्सवमा प्रस्तुत गरिएको वृत्तचित्र हेरेर ओलीले गाली नगरेकोे भन्दै खुसी भईरहेका छन् ।

एमाले–माओवादी–रास्वपा–एकीकृत समाजवादीको सत्ता सहकार्यबारे एमाले अध्यक्ष ओलीले स्पष्ट पार्दै उनले यो मुलुकको समस्या समाधानका लागि मात्र भएको समेत स्पष्ट पारेका छन् । त्यो भन्दा रोचक कुरा त गठबन्धन फुट्नु नै आफ्नो सफलता भएको प्रष्ट पारेका ओलीले १० औं महाधिवेशनपछिका अढाई वर्षमा पार्टीविरुद्ध गरिएको घेराबन्दी तोडेको र अहिले पार्टी सहज अवस्थामा आइपुगेको निष्कर्ष निकालेका छन् । त्यस्तै रवि लामिछानेलाई वोक्ने र ठोक्ने दुबै गरेका उनले माधवकुमार नेपाललाई त धुलिसात नै पारेका छन् । यसले माधवले रोज्न खोजेको फरक बाटोलाई वल पुग्दा हिरक महोत्सव मै नगएर उनले त्यसको संकत गरे । त्यस्तै उनले यहि अवस्थामा दविएर नबस्ने भन्दै प्रचण्डसंग गुनासो नै राख्न यसले अहिलेको गठबन्धन ओलीको दवदवा र माओवादी डरले टिकेको प्रष्ट भएको छ ।

यसले प्रचण्डले ओली सुध्रिएको र वामएकतासम्मको बहानाको समेत यर्थाथता प्रष्ट भईसकेको छ भने आफ्नो कार्यकाल बच्नुमात्र प्रचण्डको अन्तिम उदेश्य रहेको समेत प्रष्ट भएको छ । त्यसैलाई छोप्न एमालेले– सत्ता समीकरणलाई कमजोर बनाउने काम नगर्न सत्ता गठबन्धनका दललाई आग्रह नै गरेको छ । यसले माओवादीलाई कांग्रेससंग जोडिन नदिने एमालेको एकमात्र उदेश्य रहेको अर्को पाटो प्रष्ट हुँदा किनाराकृत हुने प्रचण्डको डरले समेत यसमा काम गरिरहेको छ । त्यस्तै आफूलाई प्रधानमन्त्रीका रुपमा उभ्याउने माधवको रणनिति र सत्तामा जान कांग्रेसले नै पनि जुनसुकै वेला वोक्न सक्ने आशामा समेत प्रचण्ड देखिन्छन् । जसलाई एमालेले उपयोग गरिरहेको छ ।

हुन त अस्थिरताको ट्यागले समेत प्रचण्डमाथि दबाब छ । त्यस्तै रास्वपाले नछाडी वैकल्पिक समिकरण पनि त्यति सहज छैन् । यहि कारण ओलीको पेलान सहने र रविलाई जोगाउनु नै उनको प्रमुख रणनिति बन्दा वामएकता चाहाने एमालेभित्रको झुण्ड बलियो हुन्छ कि भन्ने अर्को आशा पनि छ । जुन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वको विकल्पमा होस या दोश्रो तहका नेताको जवरजस्त उपस्थीतीमा होस् । त्यसले तय गर्ने बाटो नेपालमा वाम नेतृत्व गर्ने आफ्नै ईच्छाअनुरुप हुने उनको आशा छ । त्यतिन्जेलका लागि माओवादीको विलो जोगाउनुनै उनका लागि ठूलो सफलता हो । जसलाई नमिल्ने तर सत्ता चलाउने अहिलेको रणनितिले नै सहयोग गरिरहेको छ ।