Breaking

इलाममा पासा पल्टिदै, डकेन्द्रको छलाङ, सुहाङ सुस्त, मिलनलाई मुढा भारी, डम्बरलाई रुखकै डर


काठमाडौँ – पुरै देशको ध्यान केन्द्रीत गरेको इलाम २ अहिले उपननिर्वाचनको सरगर्मीले तातिएको छ । अनपेक्षित उम्मेद्वारहरुप्रति बढेको क्रेज,एउटै मुद्धा पक्षपातीको भिडन्त अनि नयाँ र पुरानाकाबीचको प्रतिस्पर्धाले यसमा रोचकता थपेको छ । मिनि जनमतसंग्रहणकै रुपमा हेरिएको यो नतिजाले भोलीका दिनमा भिन्न भाष्यमा भिन्न वहस सिर्जना गर्ने अवस्था रहँदा कस्तो बन्दै छ त भिडन्त ?

अहिले उपनिर्वाचाको रंगमा रङिगएको इलाम २ मा देशकै ध्यान केन्द्रीत बनेको छ । यो क्षेत्रमा १२ दल र ७ स्वतन्त्र चुनावी मैदानमा रहँदा आम मतदातालाई कसलाई जिताउने सकस नै छ । २५ बर्ष देखि एउटैको निरन्तरता परिवर्तन गर्ने एउटा साझा सोच हुनसक्ने भएपनि युवामा कुन युवा रोज्ने,पहिचानबारे कुनलाई रोज्ने ? कसैले प्रष्ट खाका नदिएको पहिचान लिम्बुवान हो कि किराँत लिम्बुवान वा अरु कुनै ? प्रश्नै प्रश्न छ । जहाँ एमाले आफ्ना उम्मेद्वारलाई जिताएर पहिचान जातिसंग नजोडिने तथा त्यो क्षेत्र लालकिल्ला भएको प्रमाणित गर्न चहान्छ । कांग्रेस एक्लै भिड्ने सामर्थमा रहेको देखाउन चाहान्छन भने राष्ट्रिय स्वतन्त्र पार्टि आफूमाथिको भरोसा कायम रहेको भाष्य निर्माण गर्न चहान्छ ।

पहिचानवादीहरु इलामले यो मुद्धामा नयाँ धार सिर्जना गरेको देखाउन चहान्छन भने ठूला दलहरु यो कतै आगामी निर्वाचनको एक आधार नै तय हुँदैन त्रासमा छन् । मधेशबाहेक अन्यले पहिचानको नाम नपाएको तर्ककाबीच इलामले पहिचानलाई मलजल गरे सबै प्रदेशकै नाम त फेर्न पर्ने हैन ? खतरा त्यो पनि छ । यहि कारण घरदैलो गरेर मतदाताको सोचाई बुझेका दल तथा उम्मेदवारहरुले त्यसपछि आमसभामा गरेर कति आउँछन चेक गरे । अब चुनावको रणनिति तय गरेर उम्मेद्वारहरु अघि बढ्दा शिर्ष नेताहरु नै पनि मैदानमा जानेवाला छन् । छोटो समयका कारण पार्टि र संगठनमा देखिएको विवाद मिलाउने हैन पन्छाएर जाने अवस्थामा पुगेका उनीहरु अब अरुको धेरै सुन्ने मुडमा देखिदैनन् ।

यस पटक कांग्रेसका डम्बर खड्काले हेभिवेटसंग भिड्न नपरोकोमा हल्का महसुस गर्दा एमालेको अन्तरविरोधमा खेल्ने बाटो रोजेका छन् । पार्टिको मतमात्रै कायम राख्ने सके पहिचानवादीकै भिडन्तको समेत फाईदा लुट्न सकिने दाउमा उनी देखिन्छन् । यता पहिचानवादीका एक उम्मेद्वार डकेन्द्र थेगिम पनि पहिचानका नाममा कसैलाई विझाउने सोचमा देखिदैनन् । यहि कारण आङकाजी शेर्पाको भाषणमै निकै संयमता अपनाउन उनीहरुले बाध्य पार्दा डकेन्द्रले लिम्बुवानमात्रै बोकेको भाष्य अर्का पहिचानवादी उम्मेद्वार प्रेमदीप थाम्सुहाङले गरिरहेका छन् ।

त्यस्तै नयाँ र पहिचान दुबैको साझा व्यक्ति भएको भन्दै रास्वपाका मिलन लिम्बु सडकमा पुग्दा सुहाङ नेम्बाङ माओवादीको साथ र विरासत भजाउने बाटोमा छन् । यता ठेकेदारले खै सकड पुरा गरेको भन्दै डम्बरविरुद्ध खनिरहेको विपक्षीहरुले ६ ओटा गुट व्यवस्थापन गर्नुपर्ने उनको चुनौतीपनि बुझेका छन् । जहाँ यस्तै नयाँ पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले पनि कांग्रेसकै मत काट्ने आकलन छ । इलामको बजार क्षेत्र कांग्रेसको गढ मानिन्छ । यही बजार मौन बसिदिँदा र गाउँ–गाउँमा पहिचान पक्षधर डकेन्द्रसिंह थेगिमको पक्षमा लहर चल्दा कांग्रेसका उम्मेदवार खड्काका लागि अर्को चुनौती थपिएको छ । यस्तै रविले काम गर्नेलाई भोट दिनुस,पैसा बाढे कारबाही हुँन्छ भन्दै दबाब समेत बढाईरहेका छन् ।

सरसर्ती हेर्दा धर्मगुरु आत्मनन्द र पहिचानवादीकै भोट बढी क्रस हुने सम्भावना बढ्दा त्यसको प्रभाव पहिचानवादीमा नपर्ला भन्न सकिदैन् । जहाँ आफ्नै भोट कायम राखे प्रयाप्त हुने कांग्रेस र लालकिल्ला मान्ने कांग्रेसले केन्द्रका नेता इलाम उतार्दा मतदाता भन्दा बढि नेता हुने अवस्था नै बनेको छ । यता रास्वपा केन्द्रीय नेताहरुको उतै वास हुँदा कांग्रेसको तरुण दलले त अन्तरघात गर्नेलाई बोरामा हालेर चार कान्लामा फाल्ने आपत्तीजनक चेतावनी नै दिएको छ । अर्थात देशभरीबाट संगठन देखि पार्टिका संरचना र राज्यको शक्ती इलाम २ मा केन्द्रीत हुँदा मतान्तर नै कम भएको जित्ने अवस्था सिर्जना हुँदै छ भने कसको पल्ला भारी भन्न नसकिने अवस्था बन्दै गएको छ ।