काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ ।
सेवा आयोगले हालै ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । तर कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गर्दै निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक बनाउन खोजिएको भन्दै अनेरास्ववियुले विरोध जनाएको हो ।
अनेरास्ववियुले ९ जना प्राध्यापक माग गर्दै वैशाख १ मा प्रकाशित गरेको विज्ञापन खारेज गर्न र प्रचलित कानुन अनुसार अर्को विज्ञापन गर्न जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया