राजनीति

नयाँ समीकरण पूरै अवधि रहने प्रधानमन्त्रीको दाबी


धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले–माओवादीसहितको समीकरण पूरै अवधि रहने बताए ।

आईतबार धनगढी एयरपोर्टमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाहिर बजारमा यो गठबन्धन लामो समय नटिक्ने भन्दै चर्चा–परिचर्चा भएपनि त्यस्तो अवस्था नरहेको बताए ।

प्रदेशमा सरकार बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए । अहिलेको सत्ता गठबन्धनलाई वामपन्थी एकता नभई सत्ता समीकरणको रूपमा लिइएको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट परम्पराभन्दा भिन्न ढंगले प्रस्तुत गर्ने जिकिर गरेका छन् ।