लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सहमति पालना नगरेको भन्दै जसपा सरकारबाट बाहिरिएको छ ।
जसपाबाट कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले आज राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री महरासित कुरा नमिलेपछि मन्त्री पदबाट राजीनामा दिएको बताए ।
जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले सहमतिअनुसार दुई मन्त्रालय नदिएकाले बिहीबार बसेको जसपा लुम्बिनी प्रदेशको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बताए ।
उनले जसपाबाट कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारीमा रहेका अहिरलाई सरकारबाट फिर्ता बोलाइएको बताए । संघीय सरकारमा जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री छन् ।


प्रतिक्रिया