Breaking

इलाम–२ : सुहााङ र मिलन भिड्दा जित निकाल्दै डम्बर, डकेन्द्रले एमालेकै भोट काट्ने, गगन–विश्व मैदानमा (भिडियोसहित)


काठमाडौँ— इलाम २ को उपनिर्पाचनको उम्मेद्वारी दर्तासँगै दलबलसहित नै प्रमुख दलहरु इलामको बजारदेखिगाउँसम्मै घरदैलोमा व्यस्त छन् । मतदाता रिझाउन स्थानीय घोषणा पत्रसमेत बनाई मतदातालाई आफू तर्फ आकर्षित गर्ने होडबाजीनै चलेको छ। तिनै उम्मेद्वारहरुमध्ये एक हुन् डम्बर खड्का, जो गएको निर्वाचनमा झिनो मतको हारको बदला लिने योजनासहित चुनावी मैदानमा छन् । तर जित निकाल्न उनका लागि चुनौति पुराना मात्रै होइनन् नयाँ पनि थपिएका छन् ।।

निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने महासमितिको एजेण्डलाई इलामको चुनावी मैदानमा अभ्यास गरिरहेको कांग्रेस ३२ वर्षपछि कम्युनिष्टको गढदेखि विरासत तोड्ने रणनीतिमा देखिन्छ । चार दिनको छलफलपछि आकांक्षीलाई साक्षी नै राखेर सभापति शेरबहादुर देउवाले कोटको खल्तीबाट नाम निकाल्दै गत निर्वाचनमा ११४ मतको झिनोअन्तरले हारेका डम्बर खड्कालाईन टिकट दिएर मैदानमा उतारे ।

तनहुँमातंग्रिन नसकेपछि उपनिर्वाचनमा गुमेको सिट फिर्ता गर्नेदाउँलाई त्यहीको जस्तै गल्ती नदोहोर्याउने भन्दै कांग्रेसले ठूला नेतादेखि केन्द्रीय सदस्यहरुलाई पार्टीको अनुमति बिना इलाम झर्न रोक लगाएको छ ।

महामन्त्री विश्वप्रकाश शर्माले चुनावी कमाण्ड सम्हाल्ने छन् भने गगन थापा इलाम हानिदैछन् ।
महामन्त्री द्वय्का एजेण्डा स्थापित र जितका लागि पनि इलाममा डम्बर खड्काले सुहाङ नेम्बाङ, मिलन लिम्बु र डेकेन्द्र थेगिन जस्ता नेतालाई पाखा लगाउनुपर्ने छ । यद्यपी डम्बर खड्का गत निर्वाचनमा एमालेका दिवंगत नेता सुभास नेम्वाङसंग पराजित भएपनि इलाम २ मा जनतासंग भिजेका नेता मानिन्छन् ।

इलामी जनताको सुख–दुखको साथि कोरोना कहरदेखि इलाम बासीलाई रोजगारी दिएको भन्दै न वंशवाद न अंवसर मात्रै, सेवाभाव भन्ने नारासहित उनि मतदाताको घर दैलैमाछन् ।

यसपटक जसरी नि जित्नुपर्ने आफू पात्र मात्र भएको जिकिर गर्दै कार्यकर्ता तिखारे पनि डम्बर खड्काका लागि भेषराज आचार्यको केन्द्रदेखि कै गुटगत संघर्ष उनको जितका लागि बाधक बन्न सक्ने विश्लेषण छ ।
मत माग्ने कोण सभाहरुमै विभाजित जस्तो देखिएको कांग्रेस काठमाडौंबाट भेषराज आचार्यलाई इलाम पुर्याएपनि उनको मनदेखिको सक्रियता डम्बरको जितका लागि अपरिहार्य छ । गएको निर्वाचनमा झिनो मतले हार्दा डम्बरकै हार पछिको व्यवहारले समेत कार्यकर्ता चिढिएका छन् । त्यसोत तनहुँको गल्ती इलाममा नगर्ने उद्घोष गरेको कांग्रेस महामन्त्री द्वयको भने राजनीतिक एजेण्डादेखि संगठनभीत्रको परिक्षासमेत इलामबाटै हुँदैछ । डम्बर खड्का उम्मेद्वारमध्ये अनुभवि भएपनि कांग्रेस कार्यकर्ताको घण्टीप्रतिको आकर्षण रोक्नु, एक्लै चुनाव जितेको एमाले अहिले माओवादी र विप्लव समूहसमेतको बललाई मात्रै पाखा लगाएर पुग्ने छैन् । उनलाई गएको निर्वाचनमा सघाएको एकीकृत समाजवादीले समेत छुट्टै उम्मेद्वार उठाएको छ । राजनीतिमा व्यापारीकरणको आरोपदेखि ठेक्का चलखेलबाट ठेकदारलाई नेता बनाइन्न भन्नेहरुको समेत मत जित्नु पर्ने बाध्यतामा खड्का छन् । यता केन्द्रीय नेताहरु इलामबाट महासमितिकै एजेण्डा एक्लै चुनाव लडेर जित निकालेर देशभरि सन्देश दिनुपर्ने भन्दै चुनावी माहोल तताईरहेका छन् ।

केन्द्रीय नेतालाई राष्ट्रिय मुद्धामा भाषण गर्न रोकदेखि उम्मेद्वारी र नेता कार्यकताहरुले समेत अरु दललाई गाली नगर्ने इलाम कांग्रेसले निती लिएको छ । रास्वपाको बढ्दो लोकप्रियता, पेचिलो बनेको पहिचानको मुद्धा र पहिचानका उम्मेद्वार आधा दर्जन स्वतन्त्र उम्मेद्वार र पाँच चोटी जितेको एमाले हराउने कांग्रेसको दाउ रहेपछि त्यति सहज भने देखिदैन् । यता इलामको एक स्थानको निर्वाचनले सत्ता समीकरणमा फरक नपरेपनि यसले दलको आगामी दिशा भने निर्देश गर्ने देखिन्छ । राजनीतिक शास्त्रीहरु भने एमालेको गढ अब नरहने तर पहिचानवादी एक ढिक्का भए डम्बर हार्ने तर पहिचानवादीको विरुद्धमा जातीय मत खड्काले खसाउन सके उनको जित हुने दाबी गर्छन् ।

पहिचानवादीको फुट, कांग्रेसको जुट, एमालेभित्रैको असन्तुष्टि, र ताक पर्दा चुनाव खर्चिलो बनाएर पनि मतदाता आकर्षित गर्न सक्ने हैसियत खड्कामा देखिन्छ । यसको अलवा,भूगोलमै विकास निर्माणको काम गरेको र नागरिकसंग सुखदुखमा संगै भएकाले पनि निर्वाचनमा उनले जित निकाल्न सक्ने बलियो संम्भावना छ।
यद्यपी डम्बरको सम्भावन बलियो हुँदा अरुको कमजोर पक्कै छैन । बाबुको विरासत बोकेर निर्वाचनमा होमिएका सुहाङ पनि उनका लागि मामुली पात्र हैनन् । एमालेकै आफ्नै धरातल, बाबुप्रतिको सहानुभूतीको मत र माओवादीको सहयोग पाएका सुहाङलाई पनि कम आक्न सकिदैन । तसर्थ

पेचिलो बनेको उपनिर्वाचन र आकांक्षीले मत बटुल्न गरेको घरदैलोले अहिले नै कसले जित्छ अनुमान गर्न कठिन भएपनि कांग्रेसको राष्ट्रपतिको भूगोगलबाट गुमेको एक सिट मात्रै खड्काको जितबाट फर्कने छैन् कि देशभरमै कांग्रेस एक्लै जित सक्छ भन्ने सन्देश संचार गर्ने अवसर समेत इलामले दिनेछ । तर बैशाख १५ मा एकलाख भन्दा बढी मतदाताको मतदानपछि मात्रै उनीहरुको रोजाईमा डम्बर पर्छन कि पर्दैनन् भन्ने निक्यौल हुनेछ ।।