Breaking

पूर्वराजासँग डराए ओली–देउवा, पाँच बुँदे सहमतिमा टेकेर ज्ञानेन्द्रले श्रीपेच खोजे, संघर्ष चर्काउँदै राजावादी


काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहको सामान्य नागरिक अभिनन्दनलाई पनि गणतन्त्रवादीहरूले व्यवस्थामाथिको सङ्कटको रूपमा हेर्ने गरेका छन् । पूर्वराजालाई हेर्नकै लागि विभित्र स्थानमा हुने आम नागरिकको उपस्थिति र राजतन्त्र पक्षधरको आन्दोलनले त्रसिद गणतन्त्रका शीर्षस्थ नेताहरूमा अहिले त्यसैको डर देखिएको छ ।

गणतन्त्रको विषयमा, बयलगाढा चढेर अमेरिका पुगिदैँन भन्दै लाक्षणिक टिप्पणी गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली अहिले पूर्वंराजा ज्ञानेन्द्र शाहको कटु आलोचकका रुपमा चिनिन्छन् । जब–जब पूर्वराजाले नागरिक अभिनन्दनमा गणतन्त्रमाथि प्रश्न उठाउँछन्, तब तब सबैभन्दा अघि बढेर ओलीले उछितो काढ्न सुरु गर्छन् । ज्ञानेन्द्रले धार्मिकस्थल,सार्वजनिक सभा समरोहमा वा, तारे होटलमा कम्मर कर्मकाउदा पनि गणतन्त्रको जंगमा भूकम्प आएजस्तो नेताहरुको मानस्पटल हलिन्छ । फलत ः यही बुझेर पनि होला ज्ञानेन्द्रपनि पछिलो समय बढि सार्वजनिक कार्यक्रममा सक्रिय देखिन्छन् ।
पूर्वराजाको सक्रियतालाई लक्षित गरेर ओलीले आफ्नो स्वर भने सानो हुन दिएका छैन। उनले दरबारीया चलनप्रति इंगित गर्दै फेरि दोहो¥याएर देशले कुनै परिवारका व्यक्तिलाई मालिकका रुपमा सिंहासनमा नराख्ने टिप्पणी गरेकाछन् ।
पूर्वराजा मात्रै हैन, राजा बोकेर हिड्ने राप्रपालाई पनि ओलीले दनक दिन छोडेका छैनन् । उनले मालिक नै चाहिएको भए घरमा लगेर राख्न सुझाव दिएका छन् ।

त्यस्तै अहिले बढिरेको सुनको भाउभन्दा बढी महङ्गो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बोली सुत्र नै खास्सै पाइदैन । तर, राजाकै ज्यूहजूरी गरेर तीन पटकसम्म प्रधानमन्त्री बनेका देउवा पछिल्लो समय भने पूर्वराजा लक्षित अभिव्यक्तिहरू दिई रहेका छन् । शाहले राष्ट्रिय राजनीतिमा देखाएको चासो र नयाँ वर्षकै दिनमा मात्रै पनि वर्तमान व्यवस्थाले देशको भविष्य उज्वल नरहेको व्याख्या गरिरहँदा देउवा भने बहुदलीय व्यवस्थाको सुढृडीकरण आवश्यक रहे पनि राजा नै फर्काउने एजेण्डा भने असम्भव रहेको बताएका छन् ।
शाहलाई हेर्नकै लागि जुम्लामा उर्लिएको जनसागर र सङ्घीय राजधानी काठमाडौंस्थित देशको राजकाज सञ्चालन गर्ने प्रमुख प्रशासकीय सिंहदरबार अघि राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलनबाट गणतन्त्रका शीर्ष नेताहरू त्रसिद भएका छन् । जसका कारण ओली देउवा जस्ता नेताका उनी लक्षित अभिव्यक्ति आइरहेका छन् । पार्टीप्रति गणतन्त्रवादीहरूले गरेको टिकाटिप्पणीलाई नै राप्रपाले आफ्नो जीतको रूपमा अथ्र्याएको छ । राप्रपाको एजेन्डाले जनतामा सकारात्मक सन्देश गएको र पाटीलार्ई अब कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रूपमा स्थापित भएको जिकिर उसको छ । कांग्रेस एमाले जस्ता पार्टीबाट देशले गति लिन नसक्ने र अब राप्रपा राष्ट्रलाई पुनर्जागरण गर्ने अघि बढेको पार्टीका नेताहरू बताउँछन् ।

पूर्वराजा शाह तत्कालिन सात दलसँग आफूले गरेको पाँच बुँदे सहमति किन लुकाएभन्दै सार्वजनिक मञ्चमा प्रश्न गर्न थालेका छन् । पूर्वराजा शाहले गर्ने गरेका अर्थपूर्ण प्रश्न, उनी सहभागी कार्यक्रममा आम नागरिकको उपस्थिति र राजावादी पार्टीले बढाएको सक्रियताले एमाले कांग्रेसमा छटपटी बढेको देखिन्छ । जुन छटपटी बेला बखतमा बाहिर निस्किरहेको छ । १८ वर्ष देखि निरन्तर चलिरहेको राजावादी र गणतन्त्रवादीको भिडन्त अझै टुङ्गिने छाँटकाँट देखिँदैन ।