Breaking

देउवा तह लगाएर राज गर्दै ओली, प्रचण्ड झनझन् संकटमा, दलहरुमा बढ्यो सत्रुता, झनै अस्थिरता निम्तिदै


काठमाडौँ – बारम्बार राष्ट्रिय सरकारको दाबी गर्ने तथा दलहरुका मिल्नुको विकल्प नभएको नेताहरुकै भनाईकाबीच दलहरुबीच तिक्तता बढ्दो छ । उत्पन्न परिस्थिती निर्वाचन प्रणालीकै समस्या भएको सत्यविरुद्ध व्यक्तिगत इगोमा उत्रिने उनीहरुको शैलीले यसमा मूख्य भूमिका खेलिरहेको छ । जहाँ यसैलाई समाधान गर्ने भन्दा व्यक्तिविरुद्ध घेराबन्दी गर्ने प्रवृत्तीले यो कहिलेसम्म भन्ने प्रश्न यहि शत्रुता र अविश्वासकै खेलमा अरु एजेण्डा ओझेल परिरहेका छन् ।

नाम सुन्नासाथ मुख कुल्ला गर्ने अभिव्यक्ति दिएका एमाले अध्यक्ष केपी शर्मा ओली र त्यो नामका धनी माधवकुमार नेपाल अहिले एउटै गठबन्धनमा छन् । यता अपमान भयो भन्दै पार्टि नै फुटाएका माधव पनि अहिले मान भन्दा वामएकता ठूलो भएको बताईरहेका छन् । त्यहि अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपनि रहँदा जानी दुश्मन झै प्रस्तुत भएका उनीहरु स्वार्थले नै सहि राम्रो सम्बन्धमा छन् । तर किस्तीमा दिएको प्रधानमन्त्री देखि ढोक्सामा पारेको राष्ट्रपतिसम्म खुसी नै खुसि भएको कांग्रेस अहिले त्यहि प्रचण्डलाई शत्रु देखिरहेको छ । आफ्नो ढोक्सा बलियो हुन्जेल राष्ट्रिय सरकारवाला उनको बचन नै गुलियो मानेका कांग्रेस सभापति शेबरबहादुर देउवा धोकाको महसुस गरिरहेका छन् । कोहि कसैसंग नजोडि सत्तामा जान नसकिने अवस्थाले ओली वा प्रचण्ड वोक्नुको विकल्प नभएपनि उनी यसमा निर्वाचन प्रणाली वा अस्थिर अंकगणित भन्दा व्यक्तिको दोष झै प्रस्तुत भईरहेका छन् । जहाँ हिजो ठूला दलहरु एक ठाँउमा उभिएर देशलाई स्थिरता दिनुपर्ने ओली प्रचण्डको साथले यो सपना विर्सिसकेका छन् । बरु देउवालाई झलझली यो कुराको याद आउँछ दिदा नखाने राती कोल चाट्ने बाटोमा कांग्रेस हिडेको एमालेको बुझाई छ । फलत ः ओलीले नेपाली कांग्रेस आक्रोश र पीडाले मनलाग्दी बोलिराखेको आरोप नै लगाएका छन् । हिजोका दिनमा आफूमा देखिएको छटपटि विर्सिएर कांग्रेसलाई संयमता पढाएका उनले जनताको भन्दा कांग्रेसको साह्रो गाह्रोले गर्दा समस्या भइराखेको भन्न भ्याए ।

रोचक त के छ भने भोली देउवा ओली एक ठाँउमा उभिए भने राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र नहुने भन्न भ्याउने छन् । तर विपक्षमा पुगेपछि जेमा पनि विरोध गर्नुपर्छ र सत्तामा हुन्जेल कसैलाई किन मान्ने भन्ने मानसिकता भन्दा कोहि पनि माथि उठेका छैनन् । त्यसैको उदाहरण कांग्रेस सहकारी भन्दा रवि लामिछानेमाथि खनिएको छ भने एमाले यसलाई नागरिकको भन्दा राजनीतिक मुद्धा बनाईरहेको छ । जहाँ के मा समस्या छ ? कसरी समाधान गर्ने भन्ने सवैथोक जानेका उनीहरु एक ठाँउमा उभिन भने सकेका छैनन् । जसले यो सत्तामा जाने र जान नपाउनेको भडाँस अनि त्यसका लागि प्रचण्ड बोक्ने प्रतिस्पर्धा भन्दा माथि नभएको पक्का हुँदा नागरिकका मुद्धा भने यहि वहसमा पिल्सिरहेको छ । कार्यव्यवस्था समितिमा एउटा सहमती गर्ने र संसदमा अर्को व्यवहार गर्ने कांग्रेसको आईतबारको कदमले नै समेत यसलाई वल पुर्याउदा कांग्रेसले उल्टैअलोकतान्त्रिक र संसदीय मूल्य मान्यताविरुद्ध कार्य नगर्न सरकारलाई चेतावनी दिएको छ ।संघीय संसद्मा सबै विपक्षी दलहरूले आम नागरिकसँग प्रत्यक्ष सरोकार भएको सहकारीमा वचत भएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको विषय उठाउँदै आए पनि सरकारले बेवास्ता गरेको कांग्रेस नेताहरुको आरोप छ । तर आफ्नो सरकार हुँदा किन चुप बसेको भन्दै एमालेले गरेको प्रश्न उत्तर नभएका उनीहरु भोलीका दिनमा रास्वपासंगै गठबन्धन हुनसक्ने समेत बताउँदै आएका छन् ।

हुन त दलहरुलाई जतिसुकै भिडेपनि अस्थिर अंकगणितका कारण मिलेर जानुको विकल्प नभएको देखाँउदै जोजस संग मिल्न सक्ने बहाना छ । त्यस्तै गबठन्धन फुट्नु सरकार परिवर्तन हुनु कसैको कारणले भन्दा देशको हितका लागि भएको भन्ने अर्को लाज छोप्ने अश्त्र समेत छ । भलै त्यसको औचित्य पुष्टि गर्न भने उनीहरु विफल रहँदै आएका छन् । जुन अवस्था मुख्यत व्यक्तिगत ईगो र सत्तामा जाने विषयले उत्पन्न गर्दा यीनहरुको भिडन्त पनि आम नागरिकका लागि हैन । तर त्यसैमा वहस केन्द्रीत बन्दा कपमा तुफान ल्याएर त्यसैमा राजनीति गर्ने नेताहरुको रणनिति समेत सफल हुँदै आएको छ ।