Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

सोलुखुम्बुको पिकेमा चौरी महोत्सव आयोजना, यस्तो छ मुख्य आकर्षण

चौरीपालनमा युवा पुस्ताको ध्यान गएन


काठमाडौँ – सोलुखुम्बु जिल्लामा पहिलो पटक चौरी महोत्सवको आयोजना गरिने भएको छ ।

पशुपालनको परम्परमा लेकाली क्षेत्रका गोठमा पालिने चोरीको संख्या घट्दै जाँदा यसको महत्वलाई उजागर गर्नका लागि सोलुखुम्बुको लिखुपिके गाउँपालिका- १ पर्यटकीय क्षेत्र पिकेमा पहिलो पटक याक तथा चौरी व्यवसायी संघले चौरी महोत्सव आयोजना गर्न लागेको हो ।

नयाँ वर्ष २०८१ को पावन अवसारमा बैशाख ४ गतेदेखि ६ सम्म जैविक विविधताको संरक्षण गर्दै चौरीको प्रवद्र्धन गर्ने, पिके क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने तथा चौरी संस्कृतिको विकास गर्ने उद्देश्यका साथ पिके बेस क्याम्पमा महोत्सव आयोजना गर्न लागिएको याक तथा चौरी व्यवसायी संघका अध्यक्ष थुतोप दोर्जे शेर्पाले योहो खबरलाई जानकारी दिनुभयो ।
चौरीपालन हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको पुख्र्यौली पेशा हो । तर, केही दशकयता युवा पुस्ताको विदेश मोह बढ्दै गएपछि चौरीपालन घट्दो क्रममा रहेको छ ।

कुनै समय सोलुखुम्बु जिल्लाको पिके क्षेत्रको गोली गेप्चुकमा बसोबास गर्ने प्रत्येक शेर्पाहरूको पुख्र्यौली पेशाको रूपमा चौरीपालन अर्थात् चौरी गोठ रहे पनि अहिले सो क्षेत्रमा मुस्किलले आठ/नौ वटा गोठ मात्र भेट्न सकिन्छ ।

पर्यटकीय गन्तव्यको रूपमा रहेको पिके क्षेत्रमा विगतमा झैँ वर्तमान युवा पुस्ताले पनि आधुनिक शैलीमा चौरीपालनलाई व्यावसायिक रूपमा अगाडि बढाउन सकेमा पिकेको पर्यटन प्रवद्र्धन र विकाससँगै आफ्नै गाउँ ठाउँमा आत्मनिर्भर बन्न सकिने उदेश्यका साथ चौरी महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ ।

चौरी, याक र हिमाललाई एक अर्काका पर्यायको रूपमा लिइन्छ भने चौरी विनाको हिमाल र हिमाल विनाको चौरी कल्पना गर्न नसकिने शेर्पाले बताउनुभयो ।

पिके क्षेत्रमा बसोबास् गर्ने शेर्पा समुदायले हरेक वर्ष जनैपूर्णिमाको समयमा पिकेमा (यज्र्याङ) अर्थात् कुलपूजा गर्छन । उनीहरूले याकलाई कुलदेवताको रूपमा पुज्ने गर्दछ । त्यसकारण पिके क्षेत्र पर्यटकीय हिसाबले मात्र नभएर धार्मिक रूपमा पनि उत्तिकै महत्वपूर्ण रहेको छ ।

आयोजक संस्थाका अनुसार महोत्सवमा चौरी कृषकलाई सम्मान ‘प्रोजेक्स द याक, सेभ दल हिमालय’ चौरी र जलवायु सम्बन्धी अन्तक्रिया, पिकेमा पर्यटन प्रवद्र्धनको लागि डकुमेन्ट्री निर्माण, याक तथा चौरी ब्यवसायी संघको बेइबसाइट सञ्चालन, याक तथा चौरी प्रदर्शनी, याक डान्ससहित विविध सांस्कृतिक कार्यक्रम रहेको आयोजक संस्थाका अध्यक्ष शेर्पाले बताउनुभयो ।

यस्तै, याक प्रजाति अन्तर्गत पर्ने चौरी, ढिम्जु र नाकको प्रदर्शनी गर्ने, जैविक विविधता संरक्षण सम्बन्धि चेतनामुलक कार्यक्रम गर्ने, साँस्कृतिक कार्यक्रम गर्ने तयारी आयोजकको छ । महोत्वसमा चौरीको दुधबाट उत्पादन भएको छुर्पी, सेरक्याम र सबैभन्दा अग्लो स्थानमा उत्पादन हुने नाक चिजको समेत स्टल राखिने जनाइएको छ ।

लिखुपिके गाउँपालिका-१ मा अवस्थित समुन्द्री सतहबाट चार हजार दुई सय मिटर उचाईमा रहेको पिके डाँडाबाट आँखै अगाडि सगरमाथा नियाल्न सकिन्छ भने, ८ हजार मिटरभन्दा अग्ला कन्चनजंघा, मकालु, लोत्से, धौलागिरीजस्ता दर्जनौं हिमशृङ्खलाहरू नाङ्गो आँखाले धित मरून्जेल निहाल्न सकिन्छ ।

पिके क्षेत्रमा विभिन्न प्रकारका लालीगुराँसदेखि संरक्षित वन्यजन्तुको सूचीमा रहेको कस्तुरी, रेड पाण्डा र डाफेलगायत अन्य जीवजन्तुको समेत सहज रूपमा अवलोकन गर्न सकिन्छ ।