Breaking

मोदी–राहुलको टक्कर, चुनावमा हिन्दु र मुस्लिमनै विभाजित, केजरीवाल र अमेरीका कांग्रेसको अस्त्र (भिडियोसहित)


काठमाडौँ— भारतमा गर्मीभन्दा लोकसभाको चुनावी रापले माहोल तातिएको छ ।सातौ चरणमा हुन लागेको निर्वाचनको समुुखमा कांग्रेसलाई धक्का पुग्ने देखिन्छ ।तेस्रोपटक प्रधानमन्त्री हाक्ने दाउमा रहेका प्रधानमन्त्री मोदीलाई कांग्रेसले कसरी रोक्न सक्छ भन्ने प्रश्न पनि छ ।

लोकसभा निर्वाचनको समुखमा रहेको भारतमा, मुख्य प्रतिस्पर्धा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भाजपा र ५० सिटभन्दा कममा सिमित भएको कांग्रेस पार्टीबीच टक्कर हुने देखिएको छ ।

हालै गरिएको मतसर्वेक्षणहरूले संसद्को तल्लो सदन लोकसभामा मोदीको भारतीय जनता पार्टी (भाजपा) र उसका साझेदारहरूले तेस्रो पटक जित हासिल गर्ने देखाएको छ ।

लोकसभाले प्रधानमन्त्री निर्वाचित गर्ने व्यवस्था छ । प्रक्रियागत रुपमा प्रधानमन्त्रीले सरकारलाई पूर्णता दिन अन्य मन्त्रीहरु चयन गर्नेछन् । सर्वेक्षणलाई मान्ने हो भने फेरि पनि यो मौका भाजपा र नरेन्द्र मोदीलाई नै मिल्ने पक्कापक्की जस्तै छ । यद्यपी दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवाललाई जेलको हावा खुवाएर आफुलाई शक्तिशाली करार गर्दै निर्वाचनमा होमिएका मोदीको चर्चा र आलोचना उतिकै छ।

। सन् २०१९ को चुनावमा भाजपाले ३०३ सिट जितेको थियो।भाजपाले बनाएको गठबन्धन ’न्याश्नल डेमोक्र्याटिक अलायन्स’मा रहेका दलहरूले कुल ३५२ सीट जितेका थिए।प्रमुख विपक्षी इन्डियन न्याश्नल कांग्रेस नेतृत्वको गठबन्धनबाट सन् २०२४ मा प्रमुख चुनौती हुने छ।

मोदीले ल्याएको घोषणापत्रमा कांग्रेसप्रति बिभिन्न कुतर्क र, टिकाटिप्णी रहेको छ । उसले मोदीको विरासत धान्न चोरेर ल्याएको घोषणापत्र समेत भनेको छ । भारतमा गरीबि बेरोजगारीको सङख्यालाई आधार मानेर जात–भातमा बिभाजन गरीने मोदीको धोेषणापत्रमा उल्लेख छ तर यसमा कांग्रेले धर्म, संस्कृति जातमाथिको विभेद भनेको छ । मुस्लीम समुदायको भोट कांग्रेले काट्ने विश्वासमा रहेको भाजपालाई हिन्दु फकाउनुपर्ने चुनौती कायमैे छ । हिन्दुधर्मको बाहुल्यता रहेको भारतमा कट्रबादी मोदी लाई नतिजामा तलमाथि पार्न भने सकस देखिन्छ ।

अर्काे तर्फ तेस्रोपटक प्रधानमन्त्रीको कुर्सी ताकेका मोदीलाई मुख्यमन्त्री केजरीवाल पक्राउ पछि बिभिन्न चुनौती खडा भएको छ । उनलाई संिवधान मासेको,लोकतन्त्रमाथि प्रहार देखि निरङकुसता लादेको आरोप छ । यसले भारतमाथि अमेरिका लगायत ठुला शक्ति राष्ट्रमा नै तिक्तता ल्याएको छ । यता मोदीलाई टक्कर दिनकै लागि कांग्रेस गठबन्धनमाथि गठबन्धन थपिरहेको छ । दुई दर्जन पार्टीहरू मिलेर मोदीलाई चुनौती दिन ’इन्डियन न्याश्नल डेभलप्मन इन्क्लुसिभ अलायन्स’ (इन्डिया) नामक गठबन्धन बनाएका छन।

चुनावमा दिवङ्गत प्रधानमन्त्री राजीव गान्धीको परिवार वाद हाबी भएको आरोपका बिच उक्त गठबन्धनमा रहेका प्रमुख राजनीतिज्ञमा मल्लिकार्जुन खड्गे तथा दिवङ्गत प्रधानमन्त्री राजीव गान्धीका छोरा राहुल र छोरी प्रियङ्का गान्धी लगाएतलाई समेटिएको छ ।

गठबन्धनमा दिल्लीको सत्तारूढ आम आदमी पार्टी र कैयौँ महत्त्वपूर्ण क्षेत्रीय दलहरू पनि छन्।आम आदमी पार्टीका तीन नेताहरूलाई हालै भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ। सो दलले मोदी र उनको दल भाजपाले प्रतिशोधको भावना राखेको आरोप लगाएको छ। तर भाजपाले आरोपको खण्डन गर्दै आएको छ। सायद यही कारण हो कि प्रधानमन्त्री मोदीले आफ्नो अधिकांश राजनीतिक भाषण नेहरू–इन्दिरा–राहुल गान्धी र कांग्रेसमा केन्द्रित गरेका छन्।
तेस्रो पटक प्रधानमन्त्रीको कुर्सी ताकेका मोदीलाई रोक्न भने कांग्रेसका लागि फलामको चिउरा चपाउनु सरह हो । विश्वमा लोकप्रिय र शक्तिशाली कहलिएका मोदीलाई हराउन निकै कठिन छ । तर मुख्यमन्त्री केजरीवाल पक्राउपछि विश्वका ठुला पश्चिमा देशहरु तथा अमेरीकालगाएत रुष्ट रहदाँ कांग्रेसलाई फाईदा हुने देखिन्छ ।