Breaking

एसीसी प्रिमियर कपको उपाधि दाबेदार नेपालले आज मलेसियासँग खेल्दै


काठमाडौँ – नेपालले एसीसी प्रिमियर कपमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो ४:१५ मा ओमानको अल अमरेत मैदानमा सुरु हुनेछ ।

उपाधि दाबेदार नेपाल मलेसियालाई हराउँदै सानदार सुरुवात गर्ने योजनामा छ ।
समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया छन् । समूह ‘बी’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत छन् । प्रतियोगिता विजेताले टि-२० विश्वकपपछि हुने टि-२० एसिया कप खेल्न पाउनेछ ।

नेपालको दीपेन्द्रसिँह ऎरी, कुशल मल्ल र कुशल भुर्तेल प्रमुख हतियार हुन् । यी तीन खेलाडीको प्रदर्शन निकै महत्त्वपूर्ण हुनेछ ।