Breaking

इलाम-२ मा उम्मेदवारी दर्ता सुरु, स्वतन्त्रसहित ४ जनाको मनोनयन


काठमाडौँ – वैशाख १५ मा हुने उपनिर्वाचनका लागि इलाम २ मा आज उम्मेद्वारी दर्ता भइरहेको छ।

इलामका सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठका अनुसार पौने एक बजेसम्ममा चार जनाले उम्मेद्वारी दर्ता गराएका छन्।

अहिलेसम्म सिके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदूर किसान पार्टीका श्यामकुमार दर्जी र मंगोल नेशनल अर्गनाइजेसनका तर्फबाट मनिकुमार लिम्बूले उम्मेद्वारी दर्ता गराएका छन्। स्वतन्त्र उम्मेद्वार डाकप्रसाद गौतमले पनि उम्मेद्वारी दर्ता गराएका छन्। डम्बर खड्कालाई उम्मेद्वार बनाएको नेपाली काँग्रेसले अढाई बजे उम्मेद्वारी दर्ता गराउने भएको छ भने साढे एक बजे एमालेका सुहाङ नेम्वाङको उम्मेद्वारी दर्ता हुँदैछ।

त्यस्तै मिलन लिम्बू उम्मेद्वार रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १२ बजेका लागि समय माग गरेको भए पनि अहिलेसम्म नपुगेको सहायक निर्वाचन अधिकृत श्रेष्ठले बताए।