Breaking

शशांक लाग्दा पनि देउवाको अघि गगन–शेखर निरीह, एमाले फकाउने दौडमा दुबै गुट


काठमाडौँ – गुटको रस्साकस्सीले इलाम २ को उम्मेद्वार समेत सबैभन्दा पछि टुङगो लगाएको कांग्रेस अहिले एक ढिक्का भएको भाष्य निर्माणमा व्यस्त छ । विशेषत नयाँ समिकरण बारे एक अर्कालाई गाली गर्ने बाटो नहुँदा यो दृश्य देखिएको हो । यसको फाईदा उठाँउदै संस्थापन पक्ष फेरि दवाव दिने मुडमा अघि बढ्दा इतर गुट के गर्दै छ त ?

आफू सहितको गठबन्धन टुटेपछि एक ढिक्का भएको दाबी गरेको कांग्रेसमा केहिदिन देखि रस्साकस्सी थियो । इलाम २ मा भाग मिलाउने उनीहरुको यो दौड अरु दलले प्रचार नै थालिसकेको केहि दिनपछिमात्रै सकिएको हो । जहाँ सभापति शेरबहादुर देउवा टसमस नहुँदा इलाम क्षेत्र नम्बर २ मा डम्बरबहादुर खड्का र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा अभिषेक सिंहलाई टिकट हात परेको छ।

हुन पनि सत्तामा रहँदा गठबन्धन नचाहिने कुरा गर्ने,एमालेसंग मिलेर उथलपुथल गर्ने इतर पक्ष अहिले वोलीहाल्न सक्ने अवस्थामा छैन् । बरु यो आफूले भने झै कांग्रेस सुदृढिकरणको वेला भएको प्रमाणित गर्नुपर्ने दबाबमा छ । उता आफ्नै विश्वासले प्रचण्डले नेटो काटेको थाहा नपाएका देउवा पनि केहि गरि हाल्न सक्ने अवस्थामा छैनन् । तर आफूलाई प्रधानमन्त्री बनाउनु भन्दा गठबन्धन नै तोडियोस भन्ने बाटोमा इतर पक्ष रहेको बहाना उनीसंग छ । जसलाई उनले प्रयोग गर्दा उनीहरुको साझा मुद्धा भने एमाले फकाउनेतर्फ केन्द्रीत देखिन्छ । यो सफल भए विगतमा आफूले गरेको विद्रोह सफल हुने आशामा डा.शेखर कोइराला हुँदा देउवा पनि प्रचण्डलाई सवक सिकाउन सकिने आशामा छन् । जसले भने उनीहरु एक ठाँउमा उभिए झै दृश्य निर्माण गरेको छ ।

यता महामन्त्री गगन थापा पनि गनगन गर्नेभन्दा माथि छैनन् । संसदीय दलको नेता फेर्ने बहस चलाउने तर सांसद आफूतिर तान्न नसक्ने उनको अवस्था देउवाका लागि थ्रेडको रुपमा छैन् । बरु सत्तामा भाग पाएका र त्यसमा रत्तिएका नेता कार्यकर्ता उनीविरुद्ध हुने अवस्था सिर्जना गरेको छ । फलत ः देशयात्रामा हिडेका गगन आफ्ना एजेण्डा नेता कार्यकर्तालाई सम्झाईरहेका छन् । संगै हिजो सत्तामै जाने भर्याङ गठबन्धनबारेमा तितो वोलेको विर्सिएर कांग्रेस फेरि सत्तामा जाने सपना पनि उनले देखाँरहेका छन् । जसलाई इतर पक्षको दोहोरो भाष्यका रुपमा व्याख्या गर्न सकिने अवस्था रहँदा हिजो एमाले भन्दै कुदेकाहरुले खै एमाले फकाएको भन्ने बहाना समेत संस्थापन पक्षलाई छ । जसको प्रतिवाद गर्न इतर पक्षलाई सकस परिरहेको छ ।

हुन त लथालिङ भातृसंगठन र भताभुङ पार्टि संगठनको अवस्थामा रहेको कांग्रेसलाई यो अवसर समेत हो । तर कम्युनिष्ट फुटेमात्रै सफल हुने देउवाको तर्क विरुद्ध नयाँ अवस्था सिर्जना गर्न इतर पक्ष सफल भईरहेको छैन् । जहाँ सत्ता गठबन्धन फुटाउनै पनि केहि समय कुर्नैपर्ने अवस्था रहँदा गृहमन्त्री रवि लामिछानेमाथि कै घेराबन्दीमा उसले आशा देखिरहेको छ । तर राजनीतिक विश्लेषकहरु भने यसका लागि पनि देउवाकै सक्रियता आवश्यकता रहेको तर्क गर्छन । अन्य नेताको भागमा लडाई गर्ने भन्दा माथिल्लो अवस्था नरहेको बताउँने डा.कान्ता पौडेलले देउवाले नै सवैथोक गर्ने र अरु हस भन्ने अवस्थामा कांग्रेस रहेको बताँउछिन् । आ–आफ्नै ढंगबाट नेताहरु लागि पर्ने तथा आफ्ना च्यानल प्रयोग गर्ने दृश्य पार्टिभित्र नदेखिएको उनको भनाई छ ।

यसरी हेर्दा कांग्रेसभित्र इतर गुट बाध्यताको चेपुवामा रहेको प्रष्ट देखिन्छ । जसलाई सत्ता नै गुमेपछि कम भएको अवसर र त्यहि कारण घटेको लडाईका रुपमा समेत बुझ्न सकिने अवस्था रहदा सत्ताविहिन हुदाँ पार्टिमा कायापलट हुने आफ्नै भाष्यमा शेखर गगन चेपिएका छन् । जसले न पार्टि सुदृढ हुने न सत्तामा जाने बाटो नै खुल्ने कुनैपनि काममा कांग्रेस सफल भएको छैन् ।