काठमाडौं । डेढ करोडभन्दा बढी रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मलप्रसाद सिटौलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा दायर गरेको छ ।
उनले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै निर्माण कम्पनीमा समेत काम गरेर व्यापार व्यवसाय गरेको तथा सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाको ठेक्का लिएर प्रतिनिधिको रुपमा हस्ताक्षरसमेत गरी एक करोड ६१ लाख २० हजार ४०० रुपैयाँ भ्रष्टाचार गरेको भन्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले गैरकानूनी व्यापार व्यवसाय गरी आर्जन गरेको सम्पत्ति एक करोड ६२ लाख २० हजार चार रुपैयाँ बिगो कायम गर्दै सजाय तथा गैरकानूनी आर्जन गरेको सम्पत्तिसमेत जफत गर्नुपर्ने मागसहित अदालतमा मुद्दा दायर गरेको हो ।


प्रतिक्रिया