काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख पदमुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि कांग्रेस–माओवादी गठबन्धन हुँदा कांग्रेसको कोटामा नियुक्त भएका प्रदेश प्रमुखलाई आजको बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो ।
गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, मधेशमा हरिशंकर मिश्र र सुदूरपश्चिममा देवराज जोशी प्रदेश प्रमुख थिए । ती प्रदेशमा नयाँ प्रदेश प्रमुख पनि सिफारिस गरिएको छ ।
नयाँ नियुक्ति सिफारिस भएका तीनैजना प्रदेश प्रमुख नेकपा एमाले निकट हुन् ।।


प्रतिक्रिया