काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समिकरण निर्माणमा वाह्य हस्तक्षेप नभएको दाबी गरे ।
नयाँ सत्ता समिकरणमा चीनको चलखेल रहेको चर्चा चलिरहँदा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनले कुनैपनि खालको वाह्य शक्तिको दौडधुप बिना नै नयाँ सत्ता समिकरण बनेको बताए ।
उपमहासचिव ज्ञवालीले स्वदेशकै पात्रहरुले, स्वदेशकै खेलाडीहरुले अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी निर्माण गरेको नयाँ सत्ता समिकरणलाई टिकाउने कुरा चुनौतिको रुपमा रहेको समेत स्वीकार गरे ।
उपमहासचिव ज्ञवालीले काँग्रेसले देशको पक्षमा कुनै परिणाममुखि काम गर्न नसक्ने निष्कर्षमा पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल एमालेसँगको सहकार्यका लागि तयार भएको बताए ।


प्रतिक्रिया