काडमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आज संसद भवनस्थित ल्होत्से हलमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक बेइमानी गरेको ठहर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
बैठकले नेपाली काँग्रेस सदैव गठबन्धनकाप्रति इमान्दार रहेको दाबी समेत गरेको छ । उहाँले प्रधानमन्त्रीले गठबन्धन भत्काउनुपरेको कारणहरु काल्पनिक, कपोकल्पित र तथाकथित रहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले काँग्रेससँगको गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्योल र अनिश्चिततातिर लैजाने काम गर्नुभएको जिकिर काँग्रेसको छ ।
प्रमुख सचेतक लेखकले नेपाली काँग्रेसले अब संघीय संसदमा प्रमुख विपक्षी दलका हैसियतले रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने बताउनु भयो ।


प्रतिक्रिया