Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

प्रदेश नं. २

पदम लिम्बुको परिवारलाई ५ लाख दिने कोशी सरकारको निर्णय


काठमाडौँ— कोशी प्रदेश सरकारले प्रदेश नामकरणविरुद्ध भएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू लाजेहाङको परिवारलाई पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका लिम्बूको उपचारका क्रममा १० चैतमा मृत्यु भएको थियो । मृत्यु लगत्तै तत्कालिन प्रदेश सरकारले १२ चैतमा उनको परिवारलाई तीन लाख रुपैयाँ राहत दिने निर्णय गरे पनि परिवारले पाएका थिएनन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले जानकारी दिए । अघिल्लो सरकारले राहत दिने निर्णय गरेपनि निकासा गरेको नदेखिएकाले आन्दोलनरत पक्षसँगको सहमति पछि परिवारलाई सरकारले राहत दिने निर्णय गरेको मन्त्री राईले बताए ।

बैठकले पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारको खर्च व्योहोर्ने प्रक्रिया सुरु गर्ने निर्णय पनि गरेको छ ।