काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सन् २०२६ सम्ममा दादुरा र रुबेला रोग निवारण गर्ने लक्ष्य हासिल गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।
आज भक्तपुरमा राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८०÷८१ को शुभारम्भ गर्दै मन्त्री बस्नेतले सन् २०२६ सम्ममा दादुरा र रुबेला रोग निवारण गर्ने लक्ष्य हासिल गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताउनुएको हो ।
उहाँले सो लक्ष्य प्राप्ति गर्न दादुरा–रुबेला खोप अभियानमा तोकिएको उमेरका प्रत्येक बालबालिकाले खोप पाएको सुनिश्चित गर्नुपर्ने बताउनु भयो । उहाँले गत वर्षको मंसिर महिनादेखि नेपालमा दादुराको महामारी देखिएको र अझैपनि साम्य भइनसकेको बताउनुभयो ।
आजदेखि चैत्र ७ गतेसम्म देशव्यापी रुपमा दादुरा–रुबेला खोप अभियान शुरु भएको छ । तराईका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्ला गरी २४ जिल्लाहरुमा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाउन सकिने छ ।


प्रतिक्रिया