Breaking

आगामी वैशाख १५ गते इलाम २ र बझाङ १ मा उपचुनाव हुने


काठमाडौं । निर्वाचन आयोगको आगामी वैशाख १५ गतेका लागि उपनिर्वाचनको मिति तोक्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगको आज बसेको २०८१ वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा उपचुनाव गर्ने निर्णय गरेको हो । यो क्षेत्रबाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएको थियो ।

यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव हुनेछ । यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २५ असार २०८० मा गाडी दुर्घटनामा निधन भएको थियो ।।