काठमाडौँ— सिरहा र धनुषा जोड्ने गरी कमला नदीमा निर्माण भएको झोलुंगे पुल सञ्चालनमा आएको छ ।
सिराहा नगरपालिका – १३ मल्हनिया र धनुषाको जनकनन्दिनी गाउँपालिका– ६ कठाल जोड्ने गरी निर्माण भएको पुलको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरे ।
एक हजार पाँच सय दशमलव ४४ मिटर लम्बाइ र १.२ मिटर चौडाइ रहेको यो नेपालकै सबैभन्दा लामो पुल भएको दाबी गरिएको छ ।
संघीय सरकारको सस्पेन्सन ब्रिज डिभिजनको २८ करोड रुपैयाँ लागतमा थानी निर्माण सेवा काठमाडौंले यो निर्माणको ठेक्का लिएको थियो । १ असोज ०७९ देखि निर्माण सुरु गरिएको पुल निर्माण ठेक्का अवधिभन्दा ६ महिना अगावै सकिएको हो । पूलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३,८८६ पदयात्री) छ ।
पुल सञ्चालनमा आएसँगै धनुषाको पूर्वी भेगसहित प्रदेशको राजधानी जनकपुर र सिरहाका विभिन्न ठाउँमा आवत–जावत गर्न सहज भएको छ ।
प्रतिक्रिया