काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असफल सिद्ध भइसकेको व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुननसक्ने बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्रीले उपकुलपतिमा भागवण्डा पनि नभई एकलौटी गरेको टिप्पणी गरे । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामन्त्री अशोक राईको नेतृत्वमा सिफारिस समिति बनाएका थिए ।
सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको छ ।


प्रतिक्रिया