Breaking

कांग्रेससँगको गठबन्धन लाभदायक बन्न सकेन : प्रधानमन्त्री दाहाल


काठमाडैं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेकाछन् ।

पार्टीले सञ्चालन गरेको चार महिने अभियानका सम्बन्धमा प्रदेश इन्चार्जहरूले पेश गरेको रिपोर्टमाथि आजको बैठकमा संश्लेषणसहितको आफ्नो धारणा राख्दै प्रचण्डले मुलभूत रूपमा अभियान सफल भएको बताए । उनले आगामी दिनमा पनि यस्ता खालका अभियानलाई निरन्तरता दिने जानकारी गराए ।

आफू नेतृत्वको सरकारले गरेको काम कारबाहीका साथसाथै वर्तमान सत्ता गठबन्धनको विषयमा समेत धारणा राखेकाछन् । सम्बोधनका क्रममा प्रचण्डले कांग्रेससँगको गठबन्धन लाभदायक बन्न नसकेको ब्रिफिङ गरेको बैठक स्रोतले जानकारी दिएको छ । बैठकले निकट भविष्यमा दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने योजना रहेको बताए ।