समाचार

सहरी गरिबको समस्या सहित लुम्बिनीबाट ईः ले सुरु गरे काठमाडौं यात्रा


काठमाडौं । अभियन्ता ईः ले लुम्बिनीको मायादेवी मन्दिरबाट सिंहदरबारतर्फ यात्रा सुरु गरेका छन् ।

उनले सहरी गरिबको कुरा सुनाउन मायादेवी–सिंहदरबार यात्रा सुरु गरेको जानकारी गराएका छन् । यसअघि उनी काठमाडौंका फुटपाथ व्यवसायीलाई जीविकोपार्जनको विकल्प दिनुपर्ने माग गर्दै काठमाडौं महानगरपालिकाको कार्यालयबाहिर १९९ घण्टा उभिएका थिए ।

उनी पहिलो दिन सुनवल रामनगर, दोस्रो दिन दुम्कीबास, तेस्रो दिन दलदले,चौथो दिन चितवनको रामनगर, पाँचौं दिन कुरिनटार, छैटौं दिन गजुरी, सातौं दिन नौबिसे र आठौं दिन काठमाडौं आइपुग्नेछन् । पदयात्राका क्रममा मिटरब्याजविरुद्धको न्याय मार्चमा पनि एक्यवद्धता जनाउने ईः ले बताएका छन् ।