काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले त्रिभुवन विमानस्थलको अध्यागमनमा लाइन बस्न नपर्ने गरी सेवा दिन निर्देशन दिएको छ ।
आइतबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्त कुँवर, अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङसँग छलफलपछि समितिले कर्मचारी थपेर भए पनि विमानस्थलमा लाइन बस्न नपर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।
समितिले मानव तस्करी नियन्त्रण गर्न, भिजिट भिसामा देखिएका समस्या समाधान गर्न, भिक्षुहरुलाई श्रम भिसा दिनु भन्दा आवश्ययक ऐन नियम परिमार्जन गरी उपयुक्त भिसा दिन पनि निर्देशन दिएको छ ।


प्रतिक्रिया