काठमाडौं — क्यानडाविरुद्धको दोस्रो एक दिवसीय सिरिजमा नेपालका देव खनालले अर्धशतक बनाएका छन् । उनले ५६ बलमा ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाएका हुन् ।
यसअघि नेपालका अनिलकुमार साहले पनि अर्धशतक पूरा गरेका छन् । उनले जम्मा १९ बलमा अर्धशतक बनाएर एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक छिटो शतक बनाउने नेपाली खेलाडी बनेका छन् ।
२८६ रनको लक्ष्य पछ्याएको नेपालले २६ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १६२ रन बनाएको छ ।
प्रतिक्रिया